निर्वाचन आयोगले असार १ गते बाट मतदाता नामावली दर्ता खुला गर्ने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको छ ।

‘असार १ बाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएसँगै मतदाता नामावली नबनाएकाहरूले आफ्नो जिल्लाबाहिर रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गरेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार