जंगलमा एक जोडी मृत फेला

काठमाडौं । फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् ।

सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ ।

सोही घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार