फोहोर व्यवस्थापनमा सघाउन मेयर शाहको अपील

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन अपील गरेका छन्।

शाहले मंगलबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै अबकोदिनमा काठमाडौंवासीले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएका छन्। भने यदि कसैले नछुट्याई राखिएको फोहोर महानगरपालिकाले नउठाउने र फिर्ता गर्ने बताएका छन् ।

‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौं भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन,’ उनले लेखेका छन्,’।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार