काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
दर्शनाले वेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उनी कुनै दलमा आवद्घ नभई स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी हुन् ।
पहिलो स्थानीय तह निर्वाचन २०७४ सालमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले २३ हजार ४ सय ३९ मत ल्याएर तेश्रो स्थान पाएकी थिइन् ।