कुमार श्रेष्ठ
हिमालबाट हिउँ बग्छ भइदिन्छ पानी
चाँडै सुतौं, चाँडै उठौं, त्यो हो हाम्रो बानी ।
झुटो होइन, सत्य बन्नुपर्छ आज हामी
सत्य बोलौं, सत्य बनौं, तथ्य कुरा जानी ।
प्रकृतिले सजिएको नेपाल हाम्रो देश
गुन्युचोली, दौरासुरुवाल नेपालीको भेष ।
हिजो हरियो हाम्रो देश आज सुकिसक्यो
उडिजाने डाँफे, मुनाल आज लुकिसक्यो ।
पसिना बगाऔं, मिहिनेत गरौं नगरौं अन्याय
वातावरण स्वच्छ हुन्छ रूखबिरुवा लगाए ।
सफा खाना खाऔं हामी, सफा पिउँ पानी
नेपाललाई बनाउनु छ प्रकृतिको खानी ।
जोश जाँगर उमंगको हतियार निकाल
मिलिजुली एकजुट भए बन्छ नेपाल ।