सहमतिले बाटो खुल्यो बञ्चरेडाँडामा फोहोर फाल्न

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगेका टिपहरुले फोहोर फाल्न सुरु गरेका छन् ।

माग पूरा नभइन्जेल आन्दोलन नछाड्ने अडान राख्दै आएको बञ्चरेडाँडा पीडित संघर्ष समितिले आन्दोलन स्थगित गरेर वार्तामा आएसँगै काठमाडौंबाट लगिएको फोहार बञ्चरेडाँडामा फाल्न सुरु गरिएको हो ।

सोमबार शहरी विकास मन्त्री, काठमाडौं महानगरपालिका मेयर तथा उपमेयरलगायतको रोहबरमा बञ्चरेडाँडामा फोहार फाल्न सहमति गरिएको थियो । तर, उक्त सहमतिसँगै फोहोर फाल्न पुगेका टिपरहरुलाई स्थानीय माग पूरा नहुन्जेल फोहोर फाल्न नदिने भन्दै विरोध जनाएका थिए ।

स्थानीयको विरोधपछि प्रहरी नै त्यहाँ परिचालन गरिएको थियो । फोहोर फाल्न असहमतसँगै स्थानीय प्रहरीमाथि ढुंगामुढामा उत्रिएका थिए भने प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार