माछा मार्ने क्रममा दुई जनाको मृत्यु

माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ ।

आइतबार साँझ भानु नगरपालिका–२ मोहरिया तनहुँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको हो ।

भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी गराएका छन् । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार