गायिका इन्दिरा जोशी प्रेमीसँग विवाह बन्धनमा बाँधिर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच भोली मंगलबार विवाह हुने भएको छ ।

गायिका जोशीले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् । भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । इन्दिरा र शरद्को विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ । गायिका जोशीसँग विवाह बन्धनमा बाधिन लागेका शरद् फेसन डिजाइनर हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार