प्रवक्ताको जिम्मेवारीमा गिरी

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरको प्रवक्तामा कमल गिरीलाई जिम्मेवारी दिएको छ ।

नगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले वडा नं. ७, महादेवस्थानका वडाअध्यक्ष समेत रहेका गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

नगरपालिकाले गरेको विभिन्न निर्णय तथा गतिविधिको सूचनाहरू जानकारी गराउन प्रवक्ताको जिम्मेवारी गिरीलाई दिएको हलेसी तुवाचुङ नगरपालिककी मेयर बिमला राईले जानकारी दिइन् ।

आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा निर्वाह गर्ने प्रवक्ता गिरीले प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार