कतातिर जाँदैछ नेपालको शिक्षा ?

नेपालमा कस्तो शिक्षा राम्रो हो, भन्ने विषयमा बहस हुन थालेको छ शिक्षा जस्तो कुरामा अनिवार्य बहसको बिषय बनाउनै पर्ने देखिएको छ । किनभने वर्तमान अवस्थामा सबै राज्यका तह तपकामा शैक्षिक योग्यता पेश गर्दा उच्च तहका शैक्षिक योग्यता पेश गरी जागिर खाएका ब्याक्तिहरु नै भेटिन्छन तर नतिजा शुन्य रहेको अवस्था छ । उसको योग्यताले घुस खान र आफ्नो सेटिङ गर्ने मात्र दक्षता हासिल गतेको देखिन्छ तर देश, जनताको सेवा र असल परिणाम निकाल्न सधै फेल भएको छ ।

अब विश्विद्यालयमा कस्तो प्राध्यापकहरुले पढाउछन, के पढाउछन भन्ने प्रश्न उठ्न थालेको छ । राम्रो काम नगर्ने आफ्नो दोष राजनीतिक दलमा थोपर्ने चलन पुरानो नै भै सक्यो। यसमा दलको नेता असल छन भन्ने कदापी होइन तर दिएको जिम्मेवारी इमानदारीका साथ निभाएको भए यस्तो दयानिय स्थिति हुदैनथ्यो । २०४६ सालको सत्ता परिवर्तन पछि, नेपालमा धेरै ब्यक्तीहरु देशको उच्च ओहदामा पुगे तर आफ्नो फाइदाभन्दा अरु देखिने गरी केही नगरी देश लुट्न बाहेक केही गरेको देखिएको छैन । शिक्षा डामाडोल छ, स्वास्थ्य डामाडोल छ, भएको उद्योग कमिसन खाएर बेचेका छन ।

राष्ट्रियताको कुरा नेपालमा प्रतिपक्षमा हुँदा कुर्लिन्छन भारत गएपछि धनुषटङ्कार भएर झुक्छन । यस्ता नालायक नेपालका नेताहरु छन् । यो वा त्यो पार्टीका भन्नू पर्दैन सबै उस्तै छन किनभने उनीहरुले आफ्नो नाम फाल्टा–फाल्टै राखे पनि उनिहरुको निर्माण एउटै भट्टी हिन्दुवादी, खस भाषी र बहुभाषी नस्विर्काने केन्द्रबाट भएको हो देशको एउटा घातक पक्ष हो । यस्को पुतन्तरण पनि भएको छैन । सरकार पक्षको प्रमुखले बोलेको अरुले के बुझ्नु उनी आफु–आफैले बोलेको बुझ्दैनन । प्रती पक्षको नेता बोल्दा बिष बमन बाहेक केही जानेका छैनन । अरु राज्यका नेताहरु बोल्दा विश्वसाहित्य बन्दछ । नेपालको नेताले बोल्दा गाली माहारथी बन्छ ।

गौतम बुद्धलाइ पढाइदा राज्य सञ्चालन गर्दागर्दै बैराग्य लागेर देश छाडेर ध्यान तपस्या गर्न हिडेको हो भनेर नेपाल राज्यले पाठ्यसामग्री बनाएर पढाउदै आएको छ तर यो कुरा सत्य होइन । सत्य चाहिँ के हो भने त्यस बेलाको कपिलवस्तुमा दुर्इवटा राज्य रहेको थियो ती मध्ये एउटा शाक्य राज्य थिए अर्को कोलिया राज्य थियो । शाक्य राज्य बलियो थियो र कोलिया कमजोर थियो । ती दुई राज्यको बिचमा रोहिणी नदि बग्दथ्यो। पानी उपयोग गर्ने निहुमा दुई राज्य बिच बिबाद भयो। शाक्य राज्यको सेनापतिले कोलिया राज्यलाइ हडप्ने प्रस्ताब शाक्य संघमा ल्यायो।

त्यस प्रस्तावलाई भोटिङ्द्धारा अनुमोदन गर्ने निर्णयार्थ प्रस्तुत गर्दा गौतम बुद्धले त्यसको विरुद्धमा अभिमत राखे किन भने उनी पनि शाक्य संघका सदस्य थिए । उनले के तर्क गरे भने नदिको पानी भनेको प्रकृले दिएको सम्पदा हो कोलिया राज्यले उपभोग गर्न पाउनु भन्ने उनको तर्क थियो । सेनापतिले सिद्धार्थ गौतमलाइ आफ्नो अभिमत त्यागेर सेनापतिको प्रस्तावलाइ स्विकार्न धम्की दिए तर सिद्धार्थ गौतमले मानेनन त्यसपछि सेनापतिले देशबाट निकाला गरी दिन्छु भनेर धम्काए अनि गौतमले केही सर्त सहित यो सेनापतिको प्रस्ताव स्वीकारे।

उनको शर्त थियो। मेरो मातापिता, श्रीमती र छोरालाई राज्यबाट बेदखल नगर्ने र गौतम देशबाट निस्किदा झपरिबज्र ञ भन्ने शब्द प्रयोग गर्ने सम्झौता भयो । परिबज्रको अर्थ हुन्छ स आफ्नो खुशीले धार्मिक भ्रमण गर्ने । यहि कुरा लेखेका छन स डा। बाबा साहेब भिमराव अमबेडकरले Buddha and his Dhamma भन्ने उनको किताबमा । राज्यले किन झुटको पुलिन्द पढाउदै छ, अब पुनर्बिचार गर्ने दिन आएको छ । झुट पढाउदा केही स्वार्थ समुहलाइ त फाइदा होला । यो युग झुटको पर्दाफास गर्ने र सत्य खोजिगर्ने युग पनि हो ।

शिक्षकको भूमिका

The Functions of a Teacher भन्ने किताबमा बट्रेन्ड रसेलले पूर्ब सोभियत युनियनका शिक्षकहरुले विद्यार्थीहरुलाइ गलत कुरा पढाउदै छन । यो झुट कुरा पर्दाफास भएपछी सोभियत युनियन टुक्रीन्छ भनेका थिए । नभन्दै नब्बेको दशकमा आइपुग्दा सोभियत युनियन टुक्रियो । आज आएर त्यही युनियन सपनाको देखेर पुटिनले युक्रेनमाथी हमला गरेर तहसनहस गरि राखेको छ । यो बिश्वको लागि खतराको घण्टी बजिरहेको पनि अवस्था हो । न्यूनतम शिक्षा राम्रो हुनको लागि पहिलो तत्व भनेको शिक्षक नै हो ।

सँस्कृतमा भनाइ छ स मन्त्रमुलम गुरो वाक्यम, ध्यानमुलम गुरो पदम, मोक्षमुलम गुरो कृपा । नेपालको सन्दर्भमा शिक्षा किन राम्रो भएको छैन भन्दा अभिभावक भन्छन मास्टरले राम्रो पढाएनन। शिक्षक भन्छन राम्रो तलब छैन । सरकार भन्छ अब स्थानीय सरकारलाइ जिम्मेवारी दिएको छ । तिमीहरु आफै ब्यवस्थापन गर भन्छ । यो जिम्मेवारी लिने भन्दा पन्छिने काम बाहेक अरु काम भएको छैन । यस्तै हुँदै आएको छ । नेपालमा गुणात्मक हिसाबले करिब पाँच स्तरको पाठशालाहरु रहेका होलान । सबै भन्दा गरिव र शिक्षाको चेतना नभएको परिवारको बच्चा सरकारी पाठशालामा पढ्छन ।

त्यसपछि मौद्रिक क्षमता अनुसारको स्तरमा बच्चाबच्चीले पढ्न पाउँछन् । यो देशको दुर्भाग्य हो यसलाइ कसरी मेटाउन सकिन्छ आजसम्म राज्यले चासो देखाएको देखिदैन । विद्यालयदेखि नै असमान्ताको रेखा राज्य आफैले कोरेको छ । भाषणमा समान्ताको कोरा रटान लगाउदैमा केही हुने स्थिती देखिदैन । यो बेथितिको बिजारोपन नेपाली काङ्ग्रेसले गरेको हो । यसलाइ फुलाउन फलाउन एमाले र माओवादी भन्ने पार्टीले पनि गरेका छन, जसले सर्बहाराको सेवा गर्छु भनेर दल खोलेका थिए । आज उनिहरुको नाममा धेरै प्राइभेट स्कुल र कलेज सञ्चालित छन र शिक्षा ब्यापारबाट मुद्रा दनादन कमाइ रहेका छन ।

यस्ता छ्न नेपालका कम्यूनिष्टहरु देश बिग्रियो र सबै मान्छेहरु बेमान अनि भ्रष्टाचारी मात्रै छन भनेर सबैतिर सुनिन्छ । देशको हालत त्यस्तै पनि छ । कसैले राजनीतिक दलहरुलार्इ यसमा जिम्मेवारी ठान्छन, कसैले सरकारमा बसेका जातिलाइ त कसैले प्रशासनमा बसेकाहरुलाइ जिम्मेवारी ठान्छन । केही हदसम्म यो सहि कुरा हो । तर सबैभन्दा ठूलो जिम्मेवारी स्कुल पढाउने शिक्षकको जिम्मेवारी हो कस्तो समाज बनाउने भनेर कुमालेले जसरी भाडो आकार बनाउन सक्छ, त्यसरी नै एक जना असल शिक्षकले उसको बिद्यार्थीहरूको बिचारको आकार बनाइ दिन सक्छ ।

त्यही असल बिचारको ब्याक्ती भोलि गएर देशको कुनै पनि क्षेत्रको जिम्मेवारी लिएर देश निर्माणमा लाग्न सक्छ । यस्ता विद्याथीहरुको समाज निर्माण गर्ने जिम्मा शिक्षकले नै पाएको छ । तर शिक्षकहरु आफ्नो मुख्य जिम्मेवारी ननिभाएर सरकारले सुबिधा नै प्रशस्त दिएको छैन भन्दै जिम्मेवारीबाट पन्छिदै हिडेका छन । अर्कोतिर राजनितिक दलको सदस्य भएर पढाउनको सट्टा राजनितिक कार्यकर्ता भएर हिडेका छन । सरकारले शिक्षकहरूलाई दलको भातृसस्थाको सदस्य बनाएर दलको कामगर्ने जुन छुट दिएको छ तुरुन्तै बन्द गर्नु पर्दछ ।

शिक्षकको नियुक्ती दिदा दलको सदस्य भएर होइन क्षमता र दक्षता आधरमा दिनु पर्दछ शिक्षामा बहुभाषिक नीति लागू गर्नु पर्दछ । शिक्षकले मलाइ सुबिधा कम भयो भनेर ठग्न पाइदैन । किनभने शिक्षा भनेको देश निर्माणको मुख्य आधार हो यसमा कुनै कुतर्क गरेर पन्छिन पाइदैन । हरेक तहमा रहेका सरकारले यो वा त्यो नाममा देश र जनातालाइ ठग्न र धोका दिन पाउदैन। दिल्लीका मुख्यमन्त्री अर्बिन्द केजरिवालले गएको सात बर्षामा त्यही घिनलाग्दो सरकारी विद्यालयलाई पाँच तारे होटलको जस्तो सुविधायुक्त बनाए । भनिन्छ हरेक बर्ष प्राइभेट स्कुल त्यागेर चार लाख विद्यार्थीहरु सरकारी स्कुल भर्ना हुन्छन र ती विद्यार्थीहरु भारतको टप विद्यार्थि साबित भएका छन । इच्छा शक्ति भयो भने, हुने रहेछ भन्ने दिल्लीबाट पनि सिक्न सकिन्छ ।

प्राबिधिक शिक्षाको खाँचो

प्राबिधिक शिक्षा भन्नले देशमा ठुलाठुला डाक्टर उत्पादन नभएका होइनन तर जनताले सुलभमा उपचार नपाइ मरेका छन । हुनेखानेहरुले मात्रै महङ्गा अस्पतालमा उपचार पाएका छन । हुँदाखानेहरु उपचार नपाएर अकालमा मर्नु परेको छ । ठुलाठुला इन्जिनियर उत्पादन नभएका होइनन तर देशका सडकहरु अन्र्तराष्ट्रिय स्तरको आजसम्म कहि बनेका छैनन । केही बनेका सडकहरु गुमाने सार्कीका फाटेका भोटा टालेका जस्तो देखिन्छ । त्यसमा सिमित सडक माफियाहरुले सालान्य फाटेको भोटा जस्तै टाल्दै पैसा कमाउदै गरेका छन ।

प्राबिधिकको भागमा पनि कमिसन आउँछ होला यस्तैमा पास गरी दिन्छन। यस्तै छ देशको हालत । त्रिभुवन बिश्वबिद्यालयको चितवनको रामपुरबाट कृषि बिज्ञको रुपमा हरेक बर्ष कृषिमा उच्च शिक्षा हासिल गरेको जनशक्ती निर्माण गरिन्छ तर त्यो नेपाल भन्ने देशलाइ काम लाग्दैन मात्रै बिदेशमा काम लाग्छ। यो मुलुकमा के भै राखेको छ भन्न गाह्रो छ । नेपाल कृषिप्रधान देश हो तर यहाँ प्याज, लसुन, दाल, चामल, फलफूल, खुर्सानी, सबै भारतबाट आयात गरिएको नेपालीले खान्छन । यी सबै चिज नेपाल मै फलाउन सकिन्छ तर नेपाल सुहाउदो प्रबिधि कोहि निर्माण गर्न चाहदैन।

बरु देश प्रबिधी निर्माण गर्नको साटो मान्छे बेच्न तयार छ । झण्डै पचासको दशकमा निर्माण भएको देश इजरायल बालुवाको देश हो जहाँ माटो छैन । त्यो देशमा अरु मुलुकबाट माटो ओसारेर आज ससारको सबैभन्दा उच्च प्रबिधी प्रयोग गरेर कृषिमा जादु देखाएको छ । नेपालमा कान्लाकान्लामा रोपेर होइन यसो फ्याकिदिदा काक्रा, फर्सी, स्कुस, करेला, सिमी जस्ता सयौ चिज फल्छन । यस्तो देशले सबै थोक किनेर खान परेपछि व्यापार घाटा नभए अरु थोक के हुन्छ त १ विश्वबिद्यालयका अनुसन्धान कर्ता, बैज्ञानिकहरू राज्यकोषबाट सुबिधा खानेहरु लाज लागेर छेरौटिले मर्नु पर्ने हो । तर नेपालीहरुलाइ आजभोलि लाज, धिन र सरम लाग्न छाडेको छ ।

चालिसको दशकमा दक्षिण कोरियालाइ अनिकाल पर्दा नेपालले गहु पठाएर सहयोग गरेको थियो रे । यो कुरा सुनाउदा अहिले ठूलो जोकर भइन्छ । आजभोली त्यही कोरिया जहाँ हिजो नेपालले गहु दिएर त्यहाँका जनताको भोक मेटाउन सहयोग गरेको थियो, त्यही देशमा कुल्ली काम गर्न तछाड र मछाड गर्दै नेपाली युवाहरु जानु परेको छ । नेपालीहरुले आफैले आफैलाइ फर्केर हेर्ने बेला भएको छ । हामीले हिजो के गर्यो र आज के गर्दैछौ अनि भोलि के गर्छौ।

दस प्लससङ्गै सैनिक तालिम दिनु पर्छ

अब नेपालले राष्ट्रियता बलियो बनाउनको लागि र परी आएको खण्डमा देश जोगाउनको लागि सबै युवा पुस्तालाइ सैनिक तालिम दिनुपर्छ। नत्र देशको सार्बभौमसत्ता जोगाउन गाह्रो छ । यसो गर्यो भने देशको युवापुस्ता अनुशासित पनि हुन्छन र राष्ट्रवादी पनि हुन्छन । देशको राष्ट्रियता गीत लेख्दैमा र राजनितिक दलका नेताहरुले गरेको बेमतलबको फोस्रा भाषणले राष्ट्रियता बलियो हुदैन । कम्तिमा देशका युवाहरुलाइ दुई बर्षसम्म सैनिक तालिम गरायो भने देश जोगाउन सकिन्छ । देशमा दलका नेतादेखि उच्च ओहदाका सबै ब्याक्तिहरु देश भक्त हुन भनेर कुनै एकजना पनि सावित हुन सकेको अवस्था छैन ।

नेपाली सेना मै पनि जर्नेल भन्दा माथिको ब्याक्तिहरुको कसैको मामाली र कसैको ससुराली भारत मै रहेको छ भन्ने कुरा सुन्नमा आउँछ। भारतले जहिले पनि नेपालको सिमा मिच्दै आएको छ । सिमा मिच्न लगाउदा उसले भारतिय सेना वा त्यहाका अर्धसैनिक बल प्रयोग गरेको छ । त्यसमा नेपाली सेना एकतुक बोल्दैन। हुँदाहुँदा नेपालले चुचे नक्सा संसदबाट पास गरेको ताका नेपालको पश्चिमको दार्चुलातिरको नेपाली सैनिक ब्यारेक माथिबाट भारतिय हेलिकप्टर उडायो भन्ने सुन्नमा आयो तर नेपाली सेनाले केही प्रतिकृयासम्म गर्न सकेन ।

अन्तर्राष्ट्रिय कानुन अनुसार हेलिकप्टरलाइ खसालेको भए पनि केही फरक पर्दैन थियो तर नेपाली सेना हिम्मत गरेको देखिएन । यस्तो अवस्थामा नेपाली सेना कस्को लागि, नेपालका नेताहरु कस्का लागि र नेपाली प्रशासन कसका लागि हो भन्ने प्रश्न उठेको छ । सबै भन्दा ठूलो कुरा नेपाली सेना समानुपातिक र समाबेशी छैन । कर्णेलदेखी माथि त एकै जाती, एकै धर्म र एकै खस भाषीको मात्रै बाहुल्य रहेको छ । यो देश बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक रहेको छ तर नेपाली सेना एक नश्लिय खस र हिन्दुबादी सेना छ ।

यो सेना कसरी राष्ट्रिय सेना हुन सक्छ, हिन्दु धर्मको चाड पर्बमा एक्काइस तोप पड्काएर हर्क बढाइ गर्छ तर उधौली÷उभौली, ल्होसार, माघी र कृसमस थाह नपाएको स्वाङ पार्छ । सबै जाती, भाषी, सँस्कृती, धर्म र भावना नसमेट्ने सेनाले राष्ट्रको लागि कसरी लड्न सक्छरु देश बलियो बनाउनको लागि सेनाको स्ट्रक्चरमा पनि पुनःसरचना गर्नु अपरिहार्य भएको छ ।

नेपाली नागरिकता भएर बिदेशी भाडाका सिपाही बनाउने परम्परा पनि अब नेपाल सरकारले बन्द गर्नु पर्छ। सुगौली सन्धिलाइ आधार बनाएर सन १८१६ देखि लाखौ नेपाली युवाहरु भारतमा र बेलायतमा नेपालबाट भाडाका सिपाही भएर काम गरि राखेका छन । आफ्नो देशको सिमाना दक्षिण र उत्तरबाट मिचिदै आएर देश साँगुरिदै गएको छ तर युवा शक्तिहरु अर्काको देशमा पसिना बगाई रहेको छ ।

यो २१औ सताब्दिमा सार्बभौमसत्ता मुलुकको खिल्ली उडाउने काम भएको छ आफ्नो मुलुकको लाज लाग्दो परिस्थिती निर्माण भएको छ । बेलायतले पहिलो बिश्वयुद्धमा लाखौ सङ्ख्यामा नेपाली गोर्खाली सेना प्रयोग गर्यो भन्ने बिश्वास गरिएको छ त्यस्तै दोश्रो बिश्वयुद्धमा पनि त्यही सङ्ख्यामा प्रयोग भएका थिए । नेपालबाट बेलायतका लागि प्रयोग गरिएका भाडाका सिपाहीबाट राणाहरुले रोयल्टी लिएर मोजमोजी गर्थे तर देशले के पायो त भन्ने कुरा लेखाजोखा गर्नुछ । लड्ने भए अब आफ्नो देशको लागि लडौ तर भाडाको सिपाही भएर नलडौ ।

राज्यकोषबाट सुबिधा लिनेले सरकारी स्कुलमै पढाउनु पर्छ

शिक्षालाई स्तरोन्नती गर्ने हो भने पहिलो कुरा राज्यकोषबाट तलब खाने ब्याक्तिहरु पियनदेखी मन्त्रालयको सचिबसम्मले अनिवार्य रुपमा आफ्नो छोरा छोरीलाइ सरकारी बिद्यालयमा पढाउनु पर्दछ । त्यसपछी गुणस्तरको सम्भावना बढेर आउँछ । नेपालका सरकारी शिक्षकहरुलाइ त सरकारी बिद्यालयमा आफ्नो बच्चालाइ पढाएनन भने कानुनी कार्यबाही गर्ने एन मै ब्यावस्था गर्नु पर्छ किनभने उनिहरुले नेपाल सरकारकले तोकेको मापदण्ड अनुसार न्यूनतम शैक्षिक योग्यता हासिल गरेका छन । शिक्षा आयोगले लिएको आयोग पास गरेर शिक्षक भएका छन ।

सरकारले दिएको शिक्षा सम्बन्धि सयौ तालिम लिएका छन तर आफूभन्दा कम योग्यता भएको मान्छेले लठ्ठिको भरमा पढाउने प्राइभेट स्कुलमा आफ्नो बच्चा डोर्याउदै लगेर, त्यही स्कुलमा बच्चा छाडेर आफू सरकारी स्कुलमा पढाउन जान्छन । यो भन्दा अर्को शैक्षिक अपराध के हुन्छ । कि त यीनिहरुले दिने शिक्षा आफैलाइ बिश्वास लागेको छैन कि यीनिहरुलाइ सरकारको शिक्षानीति माथी खिल्ली उडाएका हुन जो आफै सबैभन्दा जिम्मेवारी ब्यक्ती पनि हुन । अर्को निजामती कर्मचारीहरु जो नेपालमा काम गर्छन, भन्न त सेवा गर्ने भनेर सेवामा प्रवेश गर्छन तर सेवा भन्दा जीवन सजिलोसङ्ग बिताउन सकिन्छ र घुस खान पाइन्छ भन्ने दाउमै धेरै जसो निजामती सेवामा प्रवेश गरेका हुन्छन ।

केही अपबाद बाहेक धेरैले देश ठगेका छन र जनतालाइ दुख दिएका छन। आजसम्मको अनुभव नेपालको सरकारी कर्मचारीले जनताको काम कसरी गर्न सकिन्छरु भन्ने चिन्तन भन्दा कसरी जनताको काम बिगार्न सकिन्छरु भनेर नै दिन बिताएको देखिन्छ। यस्ता महान कर्मचारीका सन्तानहरुलाइ पनि सरकारी बिद्यालयमा अनिवार्य रुपमा पढाउन लगाउनु पर्छ । यसो गर्दा बर्तमान शिक्षाको महङ्गो शुल्क आधा घट्छ र गुणात्मक शिक्षा सबैलाइ बराबर मिल्छ । प्रतिस्पर्धा पनि पियनको छोराको, सिडियोको छोराको र मन्त्रालयको सचिबको छोराको सङ्गसङ्गै हुन्छ । अनि मात्रै संविधानमा लेखिएको समाजबाद उन्मुख भन्ने धेय चाडै प्राप्त गर्न सकिन्छ । अन्यथा लासा जाने कुतिको बाटो भने जस्तै हो ।

बिदेशमा पढ्न निरुत्साहित गर्नै पर्छ

भन्न त बर्तमान चीन बिदेशमा गएर पढेपछि फर्केका युवाहरुले बनाएको हो भन्छन । माओत्सेतुङ पछि चीनमा देङ्सावपिङ राष्ट्रपति भए । उनले १० लाख जना बिद्यार्थिहरुलाइ छात्रवृत्ति दिएर युरोप र अमेरिका प्रविधि साहित्य र सङ्गीत सबै पढ्न पठाए । शिक्षा हासिल गरेर आएपछि गरेको बिकास ससारले पनि आज हेर्न लायकको बनाएका छन ।

त्यत्रो ठूलो भूगोल, त्यत्रो ठूलो जनसंख्या तिनिहरुले चमत्कार गरेका छन । अरु मुलुक भएको भए त्यो जनसंख्या भोकै मर्थ्यो होला तर कोभिड समयमा पनि उनिहरुको जिडिपी बढेर गएको छ । नेपालमा यस्तो नेता जन्मिन्छन होला तरु यस्तो नेता जन्मिए बिदेश पढेको मान्छेले फर्केर आएपछी तिनिहरु जस्तै राष्ट्र भक्ती देखाएर नेपालीहरुले काम गर्लान तरु मुलुकको ऋण र आमाको ऋण अलिकती भएपनी तिर्न पर्छ भन्छन । नयाँ पुस्ता यो काम गर्न तयार हुन्छन तरु आज खरिदारदेखि माथिल्लो ओहदाको मानिसको छोराछोरिहरु प्राय सबैको बिदेशमा छन ।

यहाँ उनिहरुका बा आमाहरु कहिले छोराछोरीले ग्रीनकार्ड मिलाउछन भनेर बहुत राष्ट्रियता कुरा गर्दै ग्रीनकार्ड पर्खेर बसेका हुन्छन । ती नानिबाबुहरु यहि जन्मे र यहि पढे अनि हुर्के उता बसेर छिःछी नेपाल जानू हुदैन, धुलो छ, हिलो छ भनेर बसि राखेका हुन्छन । यस्ताहरुले जति पढे पनि र जाने पनि यो देशको लागि कहिल्यै काम आउँछ । त्यसैले आउने पुस्तालाइ यो देश मै पढ्ने र बढ्ने अब सिकाइएन भने देश बिकास गर्न पनि सकिँदैन । देश बचाउन पनि सकिँदैन। एमसिसिको बिरोध जुलुस केही नानिबाबुहरुको सडकमा पास हुन अगाडि देखिएको थियो । उनिहरुले बुझेर जुलुस गरे कि नबुझी गरे ।

अमेरिकाले त्यसै गर्नलाइ डिभी चिठ्ठा बाडेको हो । हुनेखाने सबै दलका नेताहरुको छोराछोरी उतै अमेरिका मै छन । एमसिसी सबै नेताहरु मिलेर पास गरि हाले, उनिहरुलाइ छिटै अमेरिकाले ग्रीनकार्ड दिई हाल्छ । त्यही कुरा मिलाउनलाइ होला बर्तमान प्रधानमन्त्री र प्रधान सेनापती अमेरिकाको निम्तो मान्न जाँदै छन रे तर सार्बभौम नेपाली जनतालाइ भने थाहा छैन उनिहरु किन अमेरिका जानू परेको हो । आफुलाइ नेपालीहरुले गरिब सम्झेका छन तर संसारका धनी देशहरुलाइ नेपालका धनीहरुले पालेका छन ।

ठूलो पदका जागिरे, उद्योगपतिहरु र हुँदाहुँदा समान्य किसानहरु जसले कुखुरा, बाख्रा र कोदो, मकै बेचेको पैसाले आफ्ना छोराछोरिहरुलाइ पढाउने नाममा अमेरिका, क्यानेडा, बेलायत, जापान र अस्ट्रेलिया जस्तो देशलाइ नेपालीहरुले पाली राखेका छन । किन नहोस मुद्रा स्फृती अनि किन नहोस व्यापार घाटा, किन नहोस देशको अधोगती नेपाल देशलाइ भने ४० डिग्री सेन्टिग्रेट तापक्रम भएको खाडी र मलेसिया गएको युवाहरुले बचाइ राखेका छन । यस्तो अवस्थामा बिदेशमा जाउँ उतै पढ उतै बस र ग्रीनकार्ड लिएर मलाइ बोलाउ भन्ने मान्छे साचो नेपाली हुन सक्छरु एकबार तपाइले आफैले आफैलाइ इमान्दार भएर प्रश्न सोध्नुस त।

बौदिक भनाउदाहरुको बक्वास नसुनौ

नेपालमा बौदिक भन्ने मान्छेहरु बक्वास मात्रै गरेको सुनिन्छ, उनिहरुले आफू निर्णयक ठाउँमा हुँदा देश र जनतालाइ फाइदा हुने कममा सिन्को भाचेको देखिदैन । जब उनिहरु रिटायर भएर बेरोजगारी हुन्छ्न त्यस बिश्लेसकको रुपमा चारैतिर बक्वास गरेको सुनिन्छ र उनिहरुको बिश्लेशनमा कहि पनि समताभाव झल्किन्दैन वा सन्तुलन देखिदैन । झन झन समाजमा बीस घोलन गरी राखेका हुन्छन, त्यसकारण समाज झन नकरात्मक हुँदै जान्छ । त्यसले समाजलाइ सृजनात्मक बनाउदैन ।

यीनिहरुले राष्ट्रियता बारेमा चर्को कुरा बोलेको र लेखेको सुन्न र पढ्न पाइन्छ तर यीनिहरुका छोराछोरी सबैको बिदेशी ग्रीनकार्ड वा नागरिकता लिइ सकेका हुन्छन । उनिहरु पनि नेपालीहरुले बक्वास सुनुन्जेल्सम्म बौदिक बिलास गर्ने सुन्न छोडे पछि उहीँ छोराछोरिसङ्ग गएर बिदेश बस्ने हुन । साचो अर्थमा यो देशलाइ माया गर्ने मान्छेहरु छन जस्तो लाग्दैन किनभने आफू सक्षम नहुन्जेलसम्म यो मुलुकलाइ दोहन मात्रै गरेको देखिन्छ । यदि यसो होइन भने यो देशले जन्मायो, यहि देशले उब्जाएको ढिडो र रोटि खाएर हुर्किएको मान्छेले यहि नै केही गरेर देखाउनको साटो किन बेदेशको राम्रो र आफ्नो देशको सबै कुरा नराम्रो मात्रै देख्छ ।

स्वर्गीय शैलेजा आचर्यले एक चोटि भनेका थिए स यो देशको राष्ट्रियता आर्थिक रुपमा मध्यम खालको परिवारले धानेको छ किन भने सम्पन्नहरुले जुनसुकै देशको नागरिकता किन्न सक्छन र त्यहा बस्न सक्छन र सडकमा रहनेहरुको पनि यो देशसङ्ग लिनुदिनु केही छैन । उनिहरुले कर तिर्न पर्दैन र कुनै इज्जतमा पनि बस्न पर्दैन। बाध्य भएर देश धान्ने काम यहि माध्यम परिवारका मानिसहरुको हो त्यो पनि देशलाइ माया लागेर होइन। उनिहरुको जायजेथा बेचेर बिदेशमा घर किन्न सम्भव नभएकोले हो । यो शैलेजा आचार्यको कुरा प्रमाणित हुँदै गएको छ ।

बौदिक भन्नेहरु उनिहरुको अनुभवको आधारमा पछिल्ला पुस्ताका युवाहरुलाइ ज्ञान बाढ्न पर्ने र अनुशासन सिकाउन पर्ने तर हरेक बिहान हरेक युटुब च्यानलहरुमा बीस बमन गरी रहेको देखिन्छ । उनिहरु पनि हिजो पदमा बस्दा देश लुट्ने भन्दा अरु रेकर्ड भेटिदैन । त्यसैले उनिहरुको बक्वास सुन्न जरुरी छैन बरु दुख गरेर एक छाक भात खान सबैलाइ परिस्थिती सृजना गरिदिने ससारका किसानहरुको कुरा सुन्न राम्रो हुन्छ ।

असलको लागि प्रसंशा र पुरस्कारको ब्याबस्था छैन

मुलुक दलाल पुजिपतिहरुले चलाएका छन भनेर नेपालका कम्युनिष्हरुले भनी रहन्थे तर उनिहरुले नै देश चलाएको समयमा उहिले पन्चायत कालमा पन्चायतका भजन मण्डलीहरुलाइ बाड्ने गोर्खा दक्षिणबाहु पनि राष्ट्रपतिका छोरिहरुलाइ, घुस्याहा कर्मचारीहरुलाइ, सेना प्रहरीका आ–आफ्ना मानिसहरुलाइ बाडेका छन । त्यसको छनोट प्रकृया कस्तो हुन्छ, केही पारदर्शीता छैन । अब राज्यले दिने पदकहरुको छनोट एउटा झस्वतन्त्र छनोट आयोगञ बनाएर बितरण गर्नु पर्दछ कि त यो भजमाने तरिकाले बाड्ने पदक बन्द गरी राज्यको लगानी बचाउन पर्द्छ ।

यो लेनदेनको र नाताबाद्कृपाबाद्को पदक बितरणले राज्यको शिर उठाउदैन बरु झन झुक्छ । झलनाथ खनालले सर्प पालनको लागि सत्तरी करोड पाउने तर माहाबिर पुनले राष्ट्रिय आबिस्कार केन्द्र स्थापना गर्छु भन्दा राज्यकोषबाट एक रुपैया नपाउने यो के भएको हो । यो देशको शासन प्रशासनमा कस्ता मान्छे पुगेका छन । कुन जातको मान्छे छन र कुन धर्मको मान्छे छन त्यसको पनि लेखाजोखा गर्ने दिनको आएको छ । झ नाच्न नजान्ने आगन टेडो ञ भने झै यीनिहरुले ब्यावस्थालाई दोष दिन्छन तर जुनसुकै ब्यवस्था फेरिए पनि पचासौ बर्षदेखी शासन सत्तामा यीनिहरुले नै रजाइ गरी राखेका छन । झ लाटो देशमा गाडो ञ तन्नेरी भने झै जनताले पनि यी नै मान्छेहरुलाइ साथ दिई राखेका छन । यो मुलुकको दुर्भाग्य हो ।

देश मै केही गरेर मर्ने प्रण गर्नु पर्छ

कठोपनिषदमा झ यदपिण्डे ततब्रहण्डे ञ यसको अर्थ हुन्छ जहाँ पिण्ड हुन्छ त्यहा ब्रम्हाण्ड हुन्छ अथवा पन्च तत्व भएको सर्बगुण सम्पन्न हुन्छ। ब्रहाण्ड कै सबै भन्दा असल भाग पृथ्वी कै नेपाल हो भन्दा कुनै अतिसयोक्ती हुदैन । पृथ्वीको अरु भागहरु कि पानी÷पानी कि त हिउँ नै हिउँ कि त जाडो नै जाडो कि त गर्मी नै गर्मी नेपाल मात्रै एउटा यस्तो मुलुक हो जहाँ हरेक दस किलो मिटरको दुरिमा हावापानी फरक पाइन्छ । दुरि अनुसारको फरक फरक खेतिपाती फल्छ। सिजन अनुसारको फलफुल र तरकारी फल्छन ।

होचो स्थानदेखि अग्लोमा चोमोलोङ्ग्मासम्म्को ससार कै अग्लो ठाउँ पनि यहि छ । भन्न त हिमाल चढ्न भएर आउछ्न बिदेशीहरु तर तिनिहरु नेपालको हिमालमा देउताको दर्शन गर्न आएका हुन किनभने हिमालमा देउताहरुको बास हुन्छ । कति अध्यात्मबादीहरुले त बिदेशीहरुलाइ हिमाल चढ्न दिनु हुदैन भन्ने मत राख्छन किनभने बिदेशीहरुले देउताको मर्यादा राख्दैनन। उनिहरु नास्तिक हुन भन्ने भनाइ पनि पुर्खाहरुको रहेको छ। यो देशको मुहार फेर्ने हजारौ बिषयहरु छन । तर यो देशलाइ चिन्न सक्ने ब्याक्तिहरुको खाँचो छ । यहाँको ब्यक्तिको टाउको गन्दा र तथ्यङ्कमा हेर्दा त नेपालको जनसंख्या तीन करोड नै पुग्न लाग्यो होला तर यो देशलाइ सहि मानेमा माया गर्ने एक जना मान्छे पनि भेटिएको छैन । राजनिती र राजनितीज्ञलाई चारैतिर गाली मात्रै गरेको सुनिन्छ यो पनि एउटा अब थेगो भै सक्यो ।

किनभने म राम्रो हु भन्ने दाबी गर्ने तर सच्चा राजनिती गर्न डाराउने र पर बसेर अरुलाइ गाली गर्ने, यसरी त केही हुदैन । स्थानीय तह निर्वाचनमा हर्क साम्पाङ र बालेन शाहले हिम्मत गरे र जिते पनि तर उनिहरु कति पर पुग्छन हेर्न बाँकी छ किनभने सङ्गठन बिना सुन्दर योजना पनि कार्यन्वयन गर्न सकिँदैन । त्यसैले भगवान बुद्धले पनि सङ्गम सरणम गच्छामी भन्दथे । सङ्गम भनेको बुद्धको भाषामा सङ्गठन हो । त्यस्तो अध्यात्मक माहागुरुलाइ त सङ्गठन चाहिन्छ भने अरु सामान्य मान्छेले कति फुर्ती गर्दा हुन्छ त्यो बिचार गरे कै राम्रो हुन्छ । तर यो बैमानीहरुको हुलमा हर्क साम्पाङ र बालेन शाहले आवश्य पनि धिपधिपे बत्ती बालेका छन निरासालाइ सानो अङ्शमा भएपनी आशामा बदलेका छन । हिजो देखि नै असल मानिसहरुको प्रवेश राजनितिमा भएको भए देशको हालत अवश्य यस्तो हुने थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार