६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को नामाकरण गर्न नसक्नु लाजमर्दो

विराटनगर । सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश नं १ को नामाकरण हुन नसकेकोमा प्रदेश १ का सांसदहरुले लाजमर्दो भएको बताएका छन् ।

आइतबार बसेको प्रदेश सभा दशौं तथा बजेट अधिबेशनको आठौं बैठकमा अन्य प्रदेशको नाम राखिसक्दा प्रदेश १ को नामाकरण गर्न नसक्नु लाजमर्दो भएको बताउँदै सासंदहरुले प्रदेश १ को नामाकरण तत्काल गर्न माग गरेका छन् ।

प्रदेश १ को नेपाली कांग्रेसको संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सभामा बोल्दै प्रदेश १ को नाम राख्न कांग्रेस तयार रहेको बताए । प्रदेशको नाम कतैबाट नजुरे एक नम्बर प्रदेश नै राख्दा पनि केही नहुने उनको भनाइ थियो ।

कोइरालाले यदि त्यसो होइन भने चाँडो प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले प्रदेशको नाम पुर्वी प्रदेश राख्दा पनि मिल्ने बताए । उनीसँगै अन्य सांसदहरुले प्रदेशको नामाकरण तत्काल गर्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार