काठमाडौं । बीमा समितिले २२ वटा बीमा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ । समयमा बीमा कम्पनीहरूले बीमा समितिलाई लेखापरिक्षण नबुझाउने २२ कम्पनीहरुलाई कारवाही गर्ने भएको हो ।
जसका लागि समितिले १० हजार रुपैयाँ जरिवाना गराएको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरुलाई कारवाही गरेको हो ।
नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरुलाई कारवाही गरेको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरुलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश आज एकै पटक २२ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेर दिएको छ ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६र०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।