रवि लामिछाने र रमेश खरेलबीच भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकानी भएको छ ।

समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो । पार्टी एकताको बारे पनि छलफल भएको बताइएको छ ।

दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ ।

‘राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो । लामिछानले हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार