४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णयले नेकपा एसमा खैलाबैला

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) मा गम्भीर मतभेद उत्पन्न भएको छ । नेकपा एसबाट रहेको मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीले निर्णय गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो । गत जेठ २२ गते सरकारमा रहेका आफ्ना ४ मन्त्रीलाई फिर्ता बोलाउने नेकपा एसको सचिवालय बैठकको निर्णयले पार्टीभित्रै मतभेद चुलिँदै आएको छ ।

मन्त्री हेरफेर गर्ने निर्णयविरुद्ध मन्त्रीसहितका १० सांसदहरुले हस्ताक्षर नै गरेर पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । स्वास्थ्य मन्त्री समेत रहेका सांसद विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री सहितका १० सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा श्रममन्त्री किसान श्रेष्ठ तथा सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले हस्ताक्षर रहेको छ । हस्ताक्षर गर्नेहरू मन्त्री हेरफेरको विपक्षमा रहेका छन् ।

हाल प्रतिनिधि सभामा नेकपा एसका २३ जना सांसद रहेकोमा अन्य केही सांसदहरु भने मन्त्रीको भागबण्डा खान मन्त्री हेरफेरका लागि दबाव दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार