युक्रेनी सैनिकलाई सेभेरोदोनेस्क सहरबाट पछि हट्न निर्देशन

एजेन्सी । भीषण युद्ध चलिरहेको सेभेरोदोनेस्क सहरमा रहेका युक्रेनी सैनिकहरुलाई पछि हट्न निर्देशन दिइएको सो क्षेत्रका युक्रेनी अधिकारीहरुले बताएका छन् । सेभेरोदोनेस्क करिबकरिब रुसी सेनाको घेरामा रहेको बताइएको छ।

‘महिनौँदेखि त्यहाँ गोलाबारी भइरहेको छ। अब त्यही ठाउँमा बसिराख्नुको अर्थ देखिँदैन,’ लुहान्स्क क्षेत्रका प्रमुख सेर्गेइ हाइदेइले भने। सेभेरोनोस्क सहर सँगैको लिसिचान्स्क सहरसँग जोडिएको छ। हाइदेइले सेभेरोदोनेस्कको ९० प्रतिशत घरहरुमा गोलाबारी भएको र ८० प्रतिशत ध्वस्त भएको बताएका छन्।

यद्यपि, शुक्रबार बिहान मात्रै युक्रेनी सेनाले सेभेरोदोनेस्कका लागि लडाइँ चलिरहेको बताएको थियो। बिहीबार रुसी सेनाले यी दुई सहरको दक्षिणतिर थप भूमि कब्जा गरेको थियो। जसका कारण त्यहाँ रहेका युक्रेनी सैनिकहरु घेरामा पर्ने जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार