यौन दुर्व्यवहार गर्ने रामजी बस्नेत पक्राउ

काठमाडौं । आफ्नै छात्रा विद्यार्थीहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलको इजलासले ३५ वर्षीय होस्टेल वार्डेन बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन् ।

रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसेका बस्नेत नेपाली कांग्रेसनिकट नेविसंघका विद्यार्थी नेतासमेत हुन् । उनीविरुद्ध पीडितका अभिभावकले जाहेरी दिएपछि फरार रहेको अवस्थामा रामेछापबाट पक्राउ परेका थिए ।

गत जेठ २१ गते पक्राउ परेका बस्नेतविरूद्ध कक्षा १०, ८ र ७ मा अध्ययनरत तीन जना छात्राले जाहेरी दिएका थिए। बस्नेतले छात्राहरुलाई यौन दुर्व्यवहार गर्ने, अश्लिल भिडियो देखाउनेलगायत क्रियाकलाप गर्ने गरेको छात्राहरूले जाहेरीमा भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार