काठमाडौं । काठमाडौं लैनचोरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
सोमबार विहान ९ बजेतिर दूतावासमा कार्यरत सुरक्षाकर्मी ३२ वर्षीय दीपक सिंहले आफ्नो साथमा रहेको इन्सास राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । के कारणले उनले आफैँलाई गोली हाले भन्नेबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।