जामाचोबाट काठमाडौं नियाल्दा (भिडियो सहित)

काठमाडौं । हाइकिङ अर्थात् पदयात्रा गर्न रुचाउनेहरुका लागि उत्कृष्ट डाँडा हो जामाचो । बालाजु, वाइपासको सेनाको गढदेखि पैदल यात्रा गर्दा साढे ४ कि.मि. को यात्रा गरेपछि पुगिन्छ जामाचो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको संरक्षित क्षेत्रमा रहेको यो डाँडालाई जामाचो गुम्बा पनि भनेर चिनिन्छ ।

शरीरबाट पसिना बगाउने, हप्ताको ६ दिन कार्यालयमै व्यस्त रहनेहरुलाई साप्ताहिक रुपमा हिँड्न बानी पार्ने, रिफ्रेस चाहने, प्रकृतिसँग घुलमिल हुन चाहने, स्वच्छ हावा खाने, अल्छे शरीरलाई फुर्तिलो बनाउने जानेहरुका लागि पुग्नै पर्ने डाँडा हो जामाचो । वर्षा याम होस् या हिउँद याम, जामाचो उत्कृष्ट रहेछ हाइकिङ जानेहरुलाई । हिउँद यामभन्दा वर्षा याम भने हाइकिङ जानेहरुलाई अलि समस्या देखियो– जुका । तर, जुकाले रगत चुस्तु स्वास्थ्यलाई लाभदायक मानिन्छ ।

सेनाको गढदेखि जानु, आउनु लगभग १० कि।मि। दूरी रहेको जामाचो डाँडा हाइकिङसँगै पर्यटकीय हिसाबले पनि उत्कृष्ट नै देखिन्छ । डाँडाबाट एक पाटो काठमाडौं शहरलाई धित मरुन्जेल नियाल्न सकिन्छ । डाँडाबाट स्वयम्भू, धरहरालगायतका ठाउँहरु प्रष्टै देखिन्छ । घरैघरले भरिएको काठमाडौं सहरलाई मनबाट नियाल्दा अनेकै आृकतिहरु जन्मन्छन् ।

जामाचो डाँडा पुगेर फर्किदा एक खालको आनन्दी मिल्छ । तर, जान, आउन काँटेको टिकट खर्च ९नेपालीका लागि० प्रतिव्यक्ति रु १०० ले भने केही प्रश्न जन्माउँछ । हप्तामा सयौँ मानिसहरु उकालो, ओरालो गर्छन्, जहाँ विदेशी पर्यटक पनि जाने गर्दछन् ।

जामाचो हाइकिङ जाँदै गर्दा बाटाभरी भेटिने फोहोर वस्तुले भने मन कुँडिन्छ । सेनाले जैविक वस्तु नफाल्न सुझाव दिए पनि पैदल यात्रीले जहाँ पाए त्यहिँ फाहोर फालेको भेटिन्छ । यसले भने मन कता कता कुँडिन्छ । पैदलयात्री (आन्तरिक र बाह्य) बाट वर्षेनी टिकट रकम असुल गरे पनि फोहोर व्यवस्थापनमा चुकेको देखिन्छ ।

फोहोर फाल्ने डस्टविनको अभावले डाँडाबाट फोहोर साथैमा बोकेर झरेका पैदल यात्री भुनभुनिएको सुन्दा कहिँकतै डस्टविन राखे त ठीकै हुनेजस्तो लाग्छ । सायद निकुञ्जको पैदल यात्रीले खाएका चाउचाउ, विस्कुटलगायतका फोहोर आफैँ बोकेर ल्याउनुपर्ने आफ्नै स्टाइल पनि हुनु सक्छ ।

तर, नयाँ पैदल यात्रुहरु जो हाइकिङमा भर्खंर रम्दै गरेका छन् उनीहरुलाई भने एकपटक गए पछि अर्को यो पीडाले पनि जान्न भनेर झर्किएको सुन्दा सरकारले यति व्यवस्थापन गरिदिए हुन्थ्यो नि भन्ने लाग्छ ।

यस विषयमा सेनासँग प्रश्न गर्दा यो काम आफ्नो भए पनि सरकारले चाँजापाँजो मिलाउनुपर्ने बताउँछ । सफा राखे न स्वच्छ वातावरण हुने हो नत्र हाइकिङ जानुको के अर्थ र होइन ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार