किरात सभ्यतासँग आधारित नाटक ‘खुवालुङ ढुंगाको बाटो’ मञ्चन हुँदै

काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने खुवालुङमा आधारित नाटक मञ्चन हुने भएको छ । किराती सभ्यतासँग जोडिएको खुवालुङ ‘ढुंगाको बाटो’ नामक नाटक मण्डला थिएटर थापागाउँमा साउन ६ देखि २९ गतेसम्म मञ्चन हुन लागेको हो । नाटकमा सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको सभ्यतालाई लिएर बनेको खुवालुङ ‘ढुंगाको बाटो’ को लेखक राजन मुकारूङले बताएको छ ।

नाटकमा ३० जना कलाकारहरूको अभिनय रहेको छ । त्यसमध्ये पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, सविन थापा क्षेत्री, अनुप थापा, प्रशंसा गुरुङलगायतका कलाकारहरू रहेका छन् । भने अभिनेता दयाहाङ राई पनि नाटकमा कुनै भूमिका रहने मुकारूङले जानकारी गराएका छन् । खुवालुङको निर्देशन किरण चाम्लिङ राईले गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार