काठमाडौं । चन्द्रागिरिको केबलकार पटक–पटक रोकिदै आएको छ । सर्वसाधारण कबलकारमा पटक–पटक अड्किए पनि त्यो सुचना लुकाने काम चन्द्रागिरि हिल्सले गर्दै आएको छ ।
बुधबार पारिवारिक धुमधाममा चन्द्रागिरी पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर केबलकारमै बीचमै अड्किएका छन् ।
केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । केबलकार बेला बेलामा रोकिनेगरेकाले त्यसले ठुलै दुर्घटना निम्त्याउने सक्ने डर यात्रुहरुमा रहदै आएको छ ।