ट्राफिक प्रहरीले हटाउन थाल्यो सवारी साहित्य

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा प्रयोग भएको अश्लिल, अपाच्य, विकृत्ति ल्याउने सायरी गजलवाला स्टीकर हटाउन थालेको छ ।

सवारी चालकले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई ट्राफिक प्रहरीले आजबाट हटाउन थालेको हो ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता साहित्यहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको भन्‍दै काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाउन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार