बाजुराको बूढीगंगामा साँझ ५ बजे सम्म मतदान

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि शान्तिपूर्ण वातावरणमा बिहान ९ बजे देखी पुनः मतदान चलिरहेको छ ।

गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए । गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको आरोप लगाएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतिक दलहरूको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।

जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन । बूढीगंगाको मत परिणाम आएसँगै स्थानीय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो । नगरपालिकामा १२ हजार ६५९ मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार