आज सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि भएको छ । ५९.५४ अंकले बढेर नेप्से सूचक बुधबार १९८६.८२ अंकमा पुगेको हो ।

बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढेर ३८१.३७ अंकमाथि पुगेको छ भने २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, बुधबार १३ वटै उपसूचक धनात्मक देखिएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले वृद्धि भएको छ भने सबभन्दा कम लाइफ इन्स्योरेन्स १.८ प्रतिशतले वृद्धि भएको छ ।

डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले, म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७ प्रतिशतले, होटल तथा पर्यटन ३.७९ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले र म्यानु एण्ड प्रो २.८६ प्रतिशतले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार