श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमसिंघे

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन्।

बुधबार संसदमा भएको चुनावमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमसिंघे नयाँ राष्ट्रपतिमा चुनिएका हुन् । विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्।

विक्रमसिंघेले १३४ मत पाएका छन्। संसदमा २२५ सदस्यमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको जनाइएको छ।

६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका उनी थिए। विक्रमसिंघेलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेको समर्थन छ। उनलाई राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए।

विक्रमसिंघे राष्ट्रपतिमा चुनिए पनि प्रदर्शनकारीहरूले त्यसको विरोध गरिरहेको एजेन्सीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार