टिवन राई
हलेसी (खोटाङ) । ट्याक्टरले किचेर हलेसी–तुवाचुङ नगरपालिका हलेसीमा एक बालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ लाँकुरीभन्ज्याङ निवासी जगतप्रसाद राईको १० वर्षीय छोरा सिसन राई मृत्यु भएको हो ।
को २ त ५८८० नम्बरको ट्रयाक्टरले किचेर गम्भीर घाइते राईलाई उपचारक लागि काठमाण्डौ लैजानेक्रममा बोझेओडारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायणप्रसाद कोइरालाले बताए । साँझ पाँच बजे गुडिरहेको ट्रयाक्टरमाथि झुन्डिँदा चिप्लेर बच्चा लडेपछि ढाडमा टायरले किचेको प्रहरीको भनाइ छ ।
हलेसी तल्लो कात्तिके स्थायी बासिन्दा जगतप्रसाद हलेसीमा पसल गर्छन् । कक्षा तीन्मा अध्ययनरत मिसनको मृत्यु भएपछि सवारी र चालकलाई प्रहरी हिरासतमा राखिएको छ ।