काठमाडौं । ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका मीनबहादुर शेरचन सगरमाथा आधार शिविरमा निधन भएको छ ।
ज्येष्ठ आरोहीको कीर्तिमानी फर्काउन सगरमाथा आरोहणमा गएका ८६ वर्षीय आरोही शेरचनको शनिवार साँझ ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको पर्यटन विभागले जनाएको छ ।
गत वैशाख वैशाख ३ गते आइतवार सात सदस्यीय टोलीसहित काठमाडौंबाट हेलिकोप्टरमार्फत नाम्चे हुँदै सगरमाथा आरोहणका लागि गएको थियो । शेरचनको कीर्तिमान युचिरो मिउरा (जापान) ले तोडेका थिए । त्यही कीर्तिमान फर्काउन सगरमाथा आरोहणमा निस्केका शेरचनको निधन भएको हो ।