(गजल)
बगिरहेको छ गरिबको आँखामा आँसु अचेल
पाकिरहेको छ धनीको भान्सामा मासु अचेल ।
अलैँचीको बोट मासेर गरिएछ करेला खेती
यसो भन्छन् ससुरालीमा ससुरा र सासु अचेल ।
लोकतन्त्र आयो तर भएन केही परिवर्तन
१२ बजे अफिस पुग्छन् खरदार र नासु अचेल ।
यो देशमा किन अझै भ्रष्टाचार रोकिएन ?
यही कुरा बुझ्न म त साह्रै छु जिज्ञासु अचेल ।