काठमाडौँ । आइतवार हुँदै गरेको स्थानीय तह निर्वाचनमा बिहान ५ देखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसाधनमात्र गुडन् पाउनेछन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रहरी निरीक्षक मधुसूदन सिलवालका अनुसार आइतवारको निर्वाचनमा अनुमतिपत्र नलिएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमतिपत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने गुड्न पाउनेछ । विदेशी पर्यटकका लागि त्रिभुवन विमानस्थलबाट तीन बेग्लाबेग्लै रुटमा सवारीसाधन सञ्चालन गरिने भएको छ ।
प्रहरी निरीक्षक सिलवालका अनुसार निर्वाचनका लागि वैशाख १ देखि ३० गतेसम्म २२ लाख ४४ हजार ४५९ जना काठमाडौँबाहिर गएका छन् भने काठमाडौँ भित्रिने २१ लाख ३८ हजार ९३८ रहेका छन् ।
वैशाख ३० गते नेपाल बन्द भनीे हल्ला गरिए पनि काठमाडौँमा निर्वाध सवारीसाधन सञ्चालन आएका थिए ।