नुवाकोट । मेघाङ गाउँपालिका–१ मा वडाध्यक्षसहित सदस्यहरुमा एमाले समूहको विजयी भएको छ ।
आइतवार भएको मतदानको मत परिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी भएका हुन्।
महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्ष पदमा एमालेले ९०, माओवादी केन्द्रले ६१ र काँग्रेसले ४६ मत प्राप्त गरेका छन् ।