बिदामा पनि मतदाता नामावली संकलन

राजविराज । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिको संकलन थालेको छ । मतदाता नामावली संकलनको पहिलो दिन आइतवार १०० जना र मंगलवार १०४ महिला, पुरुष गरी २०४ जना छुटेकाको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरी प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए । यो काम साउन १५ गतेस...

रोमविधानबारे प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण

पाल्पा । अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गर्न पाल्पाका मानवअधिकारवादी सङ्घ–संस्थाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । पाल्पाका मानवअधिकारवादी सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँलाई रोम विधान अनुमोदन गर्न ज्ञापनपत्र बुझाएका हुन् । इन्सेक, मानवअधिकार निगरानी समूह, नेपाल बार एसोसिए...

हट्यो २ नम्बर प्रदेशको निर्वाचन आचारसंहिता

काठमाडौँ । सरकारले २ नम्बर प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता कायम नरहने जनाएको छ । दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमणलगायतका विषयमा आवश्यक निर्णय लिन सक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको आयोग प्रवक्ता सूर्यप्र...

राजपाद्वारा दोस्रो चरणको निर्वाचन बहिष्कार

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ । काठमाडौंको बिजुलीबजारमा शुक्रवार बसेको राजपा बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । सरकारले राजपासँग गरेको सम्झौताविपरीत एकतर्फी निर्वाचन कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्...

साहलाई सहरी मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । विनाविभागीयमन्त्री प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । गत जेठ २४ गते शपथ लिएका मन्त्री साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार सो मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाले जेठ २४ गते शपथ लिएसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि शपथ लिएक थिए ।...

एमालेबाट १ नम्बर प्रदेशको उम्मेदवार टुङ्गो

काठमाडौँ । एमालेले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकाय निर्वाचनका लागि प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी स्थायी कमिटीको शुक्रवार बसेको बैठकले गाउँपालिका तथा नगरपालिकाको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार उम्मेदवारको टुङ्गो लगाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी...

असार ९ मा निर्वाचन नहुने सम्भावना

काठमाडौँ । मुस्लिम समुदायको मुख्य चाड रमजान पर्ने भएकाले असार ९ गने स्थानीय तहको दोस्रो चरणको निर्वाचन नहुने सम्भावना रहेको छ । मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि/पछि गर्न आग्रह गरेका हुन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, “सरकार तपार्इंहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल...

पाँच दंगाली पत्रकार चुनावी मैदानमा

दाङ । दोस्रो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँच पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका छन् । काँग्रेसबाट तीन र एमालेबाट दुई गरी पाँचजना पत्रकार आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने भएका हुन् । रेडियो सञ्जीवनीमा कार्यरत पत्रकार सुवास डिसीलाई काँग्रेसले तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य, रेडियो तुलसीपुरमा कार्यरत पत्रकार प्रकाश डाँगीलाई ...

आफ्नै निर्वाचन चिह्न बिर्सने उम्मेदवार

भक्तपुर । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दलमात्र होइन, सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भीड थियो । भीडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक थिए– मध्यपुर थिमिका बाबुकष्ण...

विमान दुर्घटनामा महासेनानी गुरुङको मृत्यु

भीमदत्तनगर । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलछेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरणक्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्गनजिकैको धानखेतमा दुर्घटनामा हुँदा छिनामखु, भोजपुरका कवि तथा गीतकारसमेत रहेका गम्भीर घाइते पाइलट गुरुङको उपचारक्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जा...