वारेकोट गाउँपालिका ९ मा माओवादी केन्द्र विजयी

  जाजरकोट । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका ९ का अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शशीराम गौतम विजयी भएका छन् । यसैगरी, सदस्यमा मनमाया बुढा २४०, कुमारी नेपाली २४३, धनबहादुर महतारा २४५ र मनबहादुर नेपाली २४५ मत प्राप्त गरी विजयी भएका हुन् ।...

मेलम्ची नगरपालिका १ मा एमाले विजयी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १ को वडाध्यक्षमा एमालेका कृष्णप्रसाद चौलागाईं ८४१ मत प्राप्त गरेर विजयी भएक छन् । चौलागाईंका निकटम प्रतिद्वन्द्वी काँग्रेसका बद्री चौलागाईंले ४३२ मत प्राप्त गरेका थिए । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको हो । यसैगरी, मेलम्ची नगरपालिकाको नगर प्रमुखमा एमालेका डम्मर अर्यालले ८०५, माओवादी केन्द्रका श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र काँ...

मालिका गाउँपालिका १ मा काँग्रेस विजयी

म्याग्दी । मालिका गाउँपालिका १ वडाध्यक्षमा काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका छन् । पुनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धिबहादुर पुनले २६४ र माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका थिए । सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका हुन् । यसैगरी, मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसका श...

गोकर्णेश्वर र कागेश्वरी–मनोहरामा काँग्रेसको अग्रता

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गरेका छन् । एमालेका पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदी...

१ सय १५ वर्षीयाद्वारा मतदान

नुवाकोट । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छन् । लामिछानेले ककनी गाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए । संवत् १९५९ फागुन १० मा जन्मेकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बत...

स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा दुव्र्यवहार

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आइतवार हुने स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आममतदातालाई आह्वान गरेका छन् । काँग्रेस प्रचार–प्रसार उपसमिति सहसंयोजकसमेत रहेका नेता थापाले शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा मतदान गर्ने अधिकारको पूर्ण सदुपयोग गर्न आममतदातामा आह्वान गरे । कुनै पार्टीका कार्यकर्ताले वाणिज्यमन्त्री रोमी गौचन थकाली र आफ्ना बारेमा निर्वाचन आचारसंह...

मकवानपुर पुगेर थापाले भने– विवेकसम्मत मतदान गरौं

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रबिन्दुमा राखी विवेकसम्मत मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरे । आइतवार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि भएको जनाउँदै ऐतिहासिक महत्वको...

कोसीको पानी अचाउँदै, संस्कृति लैजाऊँ बचाउँदै

काठमाडौं । किरात समुदायको महान् चाड वैशाखे पूर्णिमा (उँभौली) भव्यतासाथ मनाइँदै छ । किरात बस्तीमात्रै नभएर काठमाडौं उपत्यकामा बसोबास गर्ने किरात समुदायले ‘कोसीको पानी अचाउँदै, संस्कृति लैजाऊँ बचाउँदै’ भन्दै ललितपुरको किरात वन  हात्तीवनमा सांस्कृतिक विधिअनुसार पुर्खा र प्रकृतिलाई पुकार्दै आशीर्वाद मागेका थिए । उनीहरूले पुर्खाको आशीर्वाद प्राप्त भइरहोस्, कुनै प्रकारको प्राकृतिक प्रकोप नहोस्, प...

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य

  काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताएक छन् । काँग्रेस केन्द्रीय प्रचार÷प्रसार समन्वय समितिले शनिवार केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार भेटघाटमा सभापति देउवाले भने, “काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका उन...

सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि निर्वाचन

हेटौँडा । माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचन अधिकार विकेन्द्रीकरणका लागि नभएर हस्तान्तरणका लागि भएको बताएक छन् । हेटौँडा उपमहानगरपालिका–४ को चुनावी प्रचार/प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन गर्दै इन्चार्ज पोखरेलले जनताले खोजेकोजस्तो सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि स्थानीय तह निर्वाचन गर्न लागिएको बताए । हेटौँडा उपमपा प्रमुखका उम्मेदवार ...