काठमाडौं, १३ फागुन । आज बस्ने भनिएको प्रतिनिधिसभा (संसद) बैठक फेरि स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने भनिएपनि सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित गरिएको हो । एमसीसीमाथि गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको जानकारी गराएको हो । बिहीबार बस्ने भनिएको बैठक पनि ...
आज बस्ने संसद बैठक १५ गतेसम्मका लागि स्थगित
