आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’

बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उहाँका परिवारको दिन बित्ने गरेको छ । “होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ”, घरबास सञ्चालक रानाले भन्नुभयो, “घरका सबै परिवारला...

वनजङ्गल विनाश हुँदा मौरी पालन धराप

रत्ननगर, १४ चैत । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्ने गरेका थिए । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ । “विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, उनले भने, “अहिले निरन्तर घट्दै गएर वार्षिक ...

प्युठानमा ३३ लाखको चीज बिक्री

घार–५ प्युठानमा रहेको हिमालयन चीज उद्योगले वर्ष दिनमा ३३ लाख रुपैयाँको चीज बिक्री गरेको छ । हिमालयन चीज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म चार हजार ४०० किलो चीज बिक्री गरेको हो । प्रतिकिलो ७५० का दरले चीज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले जानकारी दिए । वर्ष दिनमा उद्योगमा दूध बिक्री गर्ने किसानले ३० लाख भुक्तानी पाएका छन् । २०...

जापानमा गलकोटेका मात्रै पाँच सय रेस्टुरेन्ट

रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङको गलकोट क्षेत्रका व्यक्तिले जापानमै रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ । जापानका मुख्य सहर टोकियो, नागोया र ओसाकामा धेरै गलकोटेले रेस्टुरेन्ट चलाएर बसेका छन् । रोजगारीका लागि जापान पुगेका अधिकांशले त्यहीँ रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने गरेको गलकोट समाज जापान अध्यक्ष मोहन खत्रीले बताए । गलकोट क्षेत्रअन्तर्गत पश्चिम बागलुङका १६ गाविस परे पनि जापानमा भने करिब आठ/...

सुन्तला उत्पादनमा कमी आएपछि बगैंचा सुदृढिकरण

डडेल्धुरा । सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैंचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयले बगैंचा सुदृढिकरण अभियान सुरु गरेको हो । बगैंचा सुदृढिकरण अभियान अन्तर्गत सम्बद्ध किसानलाई तालिम प्रदान गरी बगैंचाको सुद...

टुरिस्टको टर्निङप्वाइन्ट : डुप्लिकेट चाँबीबाट दैनिक १२ सय

दीपेन्द्र राई लाखौं रुपैयाँ खर्चेर खाडी मुलुक पुगेका नेपालीले दैनिक कति कमाउलान् ? यसै भन्न सकिँदैन । तर, ८० हजार लगानी गरेर काठमाडौंमा आफैँले व्यवसाय थालेका दुर्छिम–४ गणेशटार, खोटाङका टुरिस्ट राईले दैनिक १ हजार २ सय कमाउँछन् । काठमाडौंको महाराजगन्जमा ‘चाम्लिङ साँचो पसल’ खोलेका राईलाई दैनिक १ हजार २ सय रुपैयाँ कमाउन खाडी मुलुकमा जस्तो न भेडा, बाख्रा, ऊँट चराउनुपर्छ, न त बेल्चा चलाउनुपर्छ, न ज्यान...