राष्ट्र उत्थान लघुवित्तको शेयर बिहीबार बाँडफाँट हुने

काठमाडौं, ११ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिहिवार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले भोली बिहीबार ३ बजेपछि शेयर बाँडफाँट हुने जनाएको छ । फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार क...

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, १० फागुन । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।...

ढुंगाखानी खुल्दा गाउँठाउँमै रोजगारी

सुजन राई दुर्छिम, (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको रातमाटे सिरानमा ढुंगाखानी सञ्चालनमा आएको छ । वातावरणीय क्षति दृष्टिगत गर्दै सञ्चालनमा आएको ढुंगाखानी दुर्छिमकै वैधानिक भएको ढुंगाखानी सञ्चालक दिनेश राईले जानकारी गराए । कानुनी प्रक्रिया पूरा गरी सञ्चालित ढुंगाखानीमा उच्च गुणस्तरको ढुंगा, गिटी र प्लेट पाइन्छ । ‘सर्वसुलभ मूल्यमा ढुंगा, गिटी र प्लेट त पाइन्छ नै,’ सञ्चालक राईले ...

एउटै खुकुरीको १ लाख

रामबहादुर थापा बागलुङ । हेर्दै अजंगको खुकुरी । तौल ३५ किलो । मूल्य ९९ हजार ९९९ । एउटै खुकुरीको मूल्य एक लाख तोकिएपछि खुकुरी हेर्नेको भीड लागेको छ । कालीगढ मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । स्थानीय सीपअनुसार खुकुरी बनाउन आठ दिन लागेको कालीगढ विकले बताए । ३८ वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेसा अपनाउँदै आएका हुन् । सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ ...

भैँसीलाई भत्ता !

म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भँैसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी गाई भैँसीको स्याहारसुसार र आहारामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउन पशु आहारा सुत्केरी भत्ता वितरण थालिएको हो । १९ भैंसीपालक किसानलाई यस वर्ष तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिका पशुसेवा शाखाप्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ, बाबियाचौरका एक र ...

कुखुराको मूल्य २ लाख

नेपालमा कुखुराको मूल्य त्यति महँगो छैन । विश्वका अन्य मुलुकमा पनि कालो कुखुराको मासु सर्वसाधारणले किनेर खान सक्नेखालकै छ । तर, अयम सेमानी प्रजातिको कुखुराको मूल्य भने सानोतिनो कमाइ हुनेले किनेर खान सक्दैनन् । दुई लाख रुपियाँ मूल्य पर्ने यो प्रजातिको कुखुरा कालो रङको हुने र यसको मासु तथा हड्डी पनि कालै हुन्छ । वैज्ञानिकहरूका अनुसार ‘फाइबरोमेलानेसिस’ का कारण यो नश्लका कुखुरा मासु कालो हु...

कृष्टिना सुनुवार उपचारार्थ संकलित रुपैयाँ आफन्तलाई हस्तान्तरण

काठमाडौं । रक्तक्यान्सर उपचारक्रममा निधन भएकी कृष्टिना सुनुवारको उपरार्थ संकलित रुपैयाँ स्व. सुनुवारको आफन्तलाई हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता खुसी राईले ७ लाख ८ हजार २ सय ३० रुपैयाँको भौचर स्व. सुनुवारको आफन्तलाई हस्तान्तरण गरेकी हुन् । लिखु गाउँपालिका–४, ओखलढुंगाकी सुनुवारको उपचारका लागि सहोदर दिदीहरू तास्ना रुपाचा र तृष्णा रुपाचाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको थिय...

सगरमाथा आरोहण तयारीमा जुटेकी पत्रकार चाम्लिङलाई खाम्बातिमको आर्थिक सहयोग

काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिले सगरमाथा आरोहण तयारीमा जुटेकी देउराली चाम्लिङलाई ६६ हजार ८ सय १५ रुपैयाँ सहयोग गरेको छ । खाम्बातिम केन्द्रीय समितिले किरात राई चाम्लिङ खाम्बातिम युकेको सक्रियतामा संकलित रकम उपाध्यक्ष चन्द्रा चाम्लिङले पत्रकार चाम्लिङलाई हस्तान्तरण गरेकी हुन् । पत्रकार चाम्लिङले खाम्बातिमको झन्डा लिएर सगरमाथाको चुचुरोमा पुग्ने अठोट गरेकी छन् ।...

वार्षिक १० लाख कमाउन विदेश जानै नपर्ने

शम्भु दंगाल खोटाङका टीबी राईले संवत् २०६४ देखि सिन्धुपाल्चोक र रसुवाको सीमाक्षेत्रमा रहेको ठाडेखोलाछेउमा व्यावसायिक रूपमा रेन्बो ट्राउट माछापालन थालेका थिए । सोखका रूपमा सानो लगानीमा सुरु गरेको रेन्बो ट्राउट माछापालनबाट एकातिर उनी सफल कृषकका रूपमा स्थापित भएका छन् भने अर्कोतिर सो क्षेत्र नै अहिले पर्यटनको केन्द्रबिन्दु बन्न सफल भएका छन् । करिब पाँच हजार केजी माछा अट्ने क्षमता रहेको उनको फार...

सुम्निमा कलेक्सनको सांस्कृतिकमोह

तिलक चाम्लिङ ‘वाबु (चिन्डो) ले पनि तारन्तार बोलाइरहन्छ,’ जेरोन इन्फोसिस म्यानेजिङ डाइरेक्टर सुमन राईले ताल्छिखेल, ललितपुरको ‘सुम्निमा कलेक्सन’ पुगेपछि हँसाए । राई चिन्डो हेर्ने रहरले बारम्बार त्यहाँ पुग्दारहेछन् । खोटाङका रमेश राईलाई पनि जाउँजाउँ लागिरहेको रहेछ । एकै थलोमा किराती मौलिकता हेर्न र किन्न पाइने भएकाले धेरैलाई कलेक्सनले तानेकोे छ । कटुन्जे–४, भोजपुरका कपिल राईले निकै खोज–अनुसन्...