एउटाको पैसा खाएकी केटीले अर्कैसँग बिहे गरेपछि रुवाबासी गर्ने बढ्दै

‘एक भाइले एकाबिहानै म्यासेज गर्‍यो,’ समाजसेवी सुष्मा रुपाबुङ राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नाना मैले विदेशबाट पैसा पठाइदेको केटी अर्कैसँग गयो । मैले त्यो पैसा उठाउन पाउँछु कि पाउदिनँ ?’ ब्रुनाइमा रहेकी राईले भाइलाई ती केटीको नम्बर मागिन् । उत्साहित हुँदै भाइले भन्यो, ‘नाना फोनमा पैसा खा’को छैन भन्यो भने प्रमाणका लागि पैसा पठाएको बिलहरू मसँग टन्न छ । म पठाइदिन्छु ।’ उन...

पत्रकारको खाजाघर

एक व्यावसायिक पत्रकारले जीवनकालमा के–के गर्न सक्लान् ? भन्नुहोला १६ घन्टासम्म निरन्तर काम गर्न सक्छन् । दुई सञ्चारमाध्यममा समय मिलाएर काम गर्लान् । त्यसबाहेक पनि ‘पार्टटाइम जब’ गर्न सक्छन् । त्यतिमात्रै सोच्नुभएको छ भने तपाईं गलत । लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार भीम राईले सुम्निमा सेकुवा एन्ड खाजा सेन्टर खोलेका छन् । फागुन ११ देखि सेवा दिनेगरी खुल्ने खाजा सेन्टरमा पहाडे कोदोको ढिँ...

ललिपपबाटै मासिक ४५ हजार आम्दानी

स्थानीय महिलाले थोरै लगानीमा ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्याेदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललिपप उद्योगमा लागेका हुन् । इलाम ललिपप उद्योग दर्ता गरेर पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भनिन्, ‘दुई–चार पैसा कमाउन बाहिर जानु पर्दैन । सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।’ उद्यो...

शिक्षण अस्पताल पुगेर भोजपुर हातेमालो समाजद्वारा शान्ता राई आर्थिक सहयोग

काठमाडौं । भोजपुर हातेमालो समाज युएईले साबिक गोगने–७ भोजपुरकी शान्ता राईलाई पुनः १८ हजार ५ सय हस्तान्तरण गरेको छ । समाजले युएई सदस्य राजिन राईद्वारा संकलित रकम शिक्षण अस्पताल काठमाडौंमा उपचाररत राईलाई हस्तान्तरण गरेको हो । उसले यसअघि ४० हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । अस्थायी रूपमा धरान बस्दै आएकी शान्ता तीन वर्षअघि वैदेशिक रोजगारीमा इराक पुगेकी थिइन् । घरेलु कामदारका रूपमा इराक रहँदा शा...

होलेसुङ समूहद्वारा दुर्छिम उमाविलाई २ लाख ५० हजार

दीपेन्द्र राई/काठमाडौं होलेसुङ समूहको सक्रियतामा संकलित २ लाख ५० हजार ८२ पैसा दुर्छिम उच्चमाध्यमिक विद्यालयलाई हस्तान्तरण गरिने भएको छ । संकलित रुपैयाँ माघ १ गते उमावि प्राचार्य केदारप्रसाद साहलाई हस्तान्तरण गरिने भएको हो । होलेसुङ समूहका भूपेन्द्रकुमार राईको सक्रियतामा रकम संकलन गरिएको हो । भूपेन्द्रकुमार राईको हस्ताक्षरसहित प्राइम कमर्सियल बैंक लिमिटेडको चेक सितिमी यु १२ गोल्डकप उद्घाट...

राणाकालीन दरबारमा ढिँडो पाक्दै

विष्णु नेपाल राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या आउनेगरी थिलथिलो बनाइदिएको थियो भने अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेका जीवन्त पुरातात्विक महत्व बोकेका राणाकालीन भवनलाई मर्मत तथा जीर्णाेद्धार गरी आकर्षक नेपाली मौलक शैलीका होटलका रूपमा रूपान्तरण हुन थालेका छन् । तत्कालीन श्री ३ महाराजा जुद्धशमशेर...

अलैंची आकर्षण : आयुर्वेदिक औषधिदेखि अलैंची पर्यटनसम्म

सीबी अधिकारी इलामको चिया पर्यटनजस्तै पर्यटकीय जिल्ला ताप्लेजुङमा अलैंची पर्यटनको नयाँ गन्तव्य प्रवद्र्धनका लागि व्यावसायिक पहल थालिएको छ । चर्चित कञ्चनजंघा हिमाल ९८,५८६ मिटरसँगै भौगोलिक विविधताको अनुपम उदाहरणका रूपमा रहेको ताप्लेजुङ मुख्य नगदेबाली अलैँचीको जिल्लाका रूपमा चिनिन्छ । कञ्चनजंघा हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकको बसाइँ लम्ब्याउन अलैंची पदमार्गमार्फत ट्रेकिङ एजेन्सिज एसोसि...

एक किलो नुनको २८०

लक्ष्मी गौतम ताप्लेजुङको हिमाली क्षेत्र घुन्सामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक उपभोग्य सामग्री सदरमुकाम फुङलिङ बजारको तुलनामा २० गुणा बढी मूल्य तिर्न बाध्य छन् । सदरमुकामदेखि २८ कोस दूरीमा पर्ने घुन्सालाई सडकले जोड्न नसक्नुका साथै फुङलिङदेखि भरिया र खच्चडमार्फत सामग्री ढुवानी गर्नुपर्दा स्थानीयसँगै आन्तरिक र बाह्य पर्यटकले महँगीको मार खेप्नुपरेको हो । ताप्लेजुङ सदरमुकाम फुङलिङमा २० रुपैय...

ग्रन्चमै गज्जब

छिरिङ लामा हिजोआज चलेको फेसन भनेकै ग्रन्च हो । ठाउँ–ठाउँमा पूरै च्यातिएको जिन्स पाइन्ट, झुत्रा निस्केको हाफ जिन्स पाइन्ट लगाएको देख्दा यो त निकै गरिब पो रहेछ भन्ने भान पर्न सक्छ । तर त्यसो होइन । यो फेसन हो, जुन अहिले बजारमा निकै चलनचल्तीमा छ । नेपालका अधिकांश युवामा ग्रन्चप्रतिको आकर्षण बढ्दो छ । ग्रन्च एउटा पूरै फेसन प्याकेज हो । यसअन्तर्गत सर्ट, नेकलेस, ब्रासलेट तथा ‘हेयर स्टाइल’ आदि पर्...

संकटमा भेडापालन, राडीपाखी लोपोन्मुख

सोलुखुम्बुका गुरुङ जातिलाई एउटै चिन्ता पिरोल्न थालेको छ । स्थानीय गुरुङ जातिले परापूर्वकालदेखि अँगाल्दै आएका पुख्र्याैली पेसा भेडापालन संकटमा परेकाले उनीहरूलाई चिन्ता बढेको हो । जिल्लास्थित वन–जंगल सामुदायिक वनमा परिणत भएपछि सामुदायिक वनमा भेडा चराउन रोक लगाइएकाले चरिचरन अभावमा भेडापालन संकटमा पर्न थालेको हो । चरिचरन अभावले मात्र भेडापालन संकटमा परेको भने होइन । ‘युवापुस्ताले पुख्र्याैली व्यव...