पर्वत । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् । आठ रोपनी जमिनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र दुई लाख कमाउन सफल भएका छन् । उनले अहिलेसम्म १२ क्वी...
अकबरे खुर्सानी बेचेर २ लाख आम्दानी
