विश्वकै कमजोर सूचीमा नेपालको पासपोर्ट (सूचीसहित)

काठमाडौं । विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ स्थानमा परेर पुच्छरमा रहेको छ । वि...

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमसिंघे

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन्। बुधबार संसदमा भएको चुनावमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमसिंघे नयाँ राष्ट्रपतिमा चुनिएका हुन् । विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्। विक्रमसिंघेले १३४ मत पाएका छन्। संसदमा २२५ सदस्यमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको जनाइएको छ। ...

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्द

कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाए...

तापक्रम वृद्धिसँगै इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

एजेन्सी । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् । सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस ९१०४ डिग्री फरेनहाइट० पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस ...

युक्रेनलाई अमेरिकाले सैन्य सहयोग दिने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ । पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण...

युक्रेनको आवासीय भवनमै रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

किभ । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार ...

अनुमतिबिना हज गर्न जानेलाई जरिवाना

एजेन्सी । अनुमतिबिना हज गर्नेलाई साउदी अरेबियाले २ हजार ६६६ डलरभन्दा बढी अर्थात् झण्डै साढे ३ लाख रुपैयाँसम्म जरिवाना लगाउने भएको छ । साउदी अरब सरकारले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको हो । विज्ञप्ति अनुसार साउदी अरेबियाको सार्वजनिक सुरक्षा विभागका प्रवक्ता मोहम्मद अल(शुवेरखले अनुमतिबिना हज गर्न खोजेको पाइएमा १० हजार रियाल जरिवाना गरिने बताइएको छ। हज गर्न चाहनेले सम्बन्धित निकायबा...

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

लन्डन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता मध्य एसियास्थित सोभियत संघकालीन दुईवटा पूर्व गणराज्यहरूको भ्रमण गर्न लागेको रुसी सरकारी टेलिभिजनले जनाएको छ । गत २४ फ्रेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आदेश दिइएपछिको यो पुटिनको पहिलो विदेश यात्रा हुने भएको छ । युक्रेन युद्धको कारण दुवै पक्षमा हजारौं व्यक्तिको ज्यान जानुका साथै लाखौं युक्रेनी जनता विस्थापित भइसकेका छन् । यसै युद्धलाई लिए...

युक्रेनी सैनिकलाई सेभेरोदोनेस्क सहरबाट पछि हट्न निर्देशन

एजेन्सी । भीषण युद्ध चलिरहेको सेभेरोदोनेस्क सहरमा रहेका युक्रेनी सैनिकहरुलाई पछि हट्न निर्देशन दिइएको सो क्षेत्रका युक्रेनी अधिकारीहरुले बताएका छन् । सेभेरोदोनेस्क करिबकरिब रुसी सेनाको घेरामा रहेको बताइएको छ। ‘महिनौँदेखि त्यहाँ गोलाबारी भइरहेको छ। अब त्यही ठाउँमा बसिराख्नुको अर्थ देखिँदैन,’ लुहान्स्क क्षेत्रका प्रमुख सेर्गेइ हाइदेइले भने। सेभेरोनोस्क सहर सँगैको लिसिचान्स्क सहरसँग जोडिएको छ।...

बृटिशले युक्रेनलाई थप सैन्य उपलब्ध गराउने

बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताउनुभएको छ । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गर्नुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । हाल बेलायतको भ्रमणमा रहनुभएका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि बृटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिनुभएको हो ।शनिबार उहाँहरुबीच भएको भेटकाक्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको ...