१२ विद्यार्थीद्वारा आत्महत्या

नयाँदिल्ली । भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशितपछि शुक्रवारदेखि आइतवारसम्म १२ विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेको यो सङ्ख्या भारतको मध्यप्रदेशको मात्रै भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए। मध्यप्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परीक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्ने मध्ये तीनजना एउटै बाबु...

हैजाबाट १ सय १५ को मृत्यु

यमन । द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण ११५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीले जनाएको छ । हैजाबाट आठ हजार ५०० जना बिरामी परेका र उनीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्घसंस्था यमन पुगेका छन् । हामीले अहिले हैजाको गम्भीर समस्याका रोगीको उपचारमा सहयोग गरिरहेका छौँ, आर्इसीआरसी कार्यक्रम सञ्चालक डोमिनिक स्टिलहार्टले ...

दैनिक नौ सयको मृत्यु

फिलिपिन्स । फिलिपिन्सको पश्चिमी प्रशान्त क्षेत्रमा सडक दुर्घटनामा परी दैनिक नौ सयजनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । अति कम तथा मध्यम आय भएका देशमा यस्तो समस्या बढी देखिएको सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । मनिलामा रहेको सङ्गठनको क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन लाख ३७ हजारजनाको सालिन्दा मृत्यु हुने गरेको छ । यसअन्तर्गत ३७ देश प...

हिमपहिरोमा पुरिएका होटेलबाट एघारजनाको जीवितै उद्धार

इटाली। मध्य इटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा थप चारलाई शनिबार उद्धार गरिएपछि यस घटनामा जीवितै उद्धार गरिएका व्यक्तिहरुको सङ्ख्या ११ पुगेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । हिमपहिरोमा परी जीवितै उद्धार भएकाहरुमा एकै परिवारका चार व्यक्ति पनि रहेका छन् । बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी बेपक्ता भएका थिए । हिमपहिरो गएको घन्ट...

अफ्रिकी देशले चेतावनी दिएपछि गाम्बियाका पूर्वराष्ट्रपति पद त्याग्न तयार

गाम्बिया । गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार हुनु भएको छ । पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको भोली पल्ट शनिबार जम्मेहले पद त्याग्ने घोषणा गर्नु भएको हो । “गाम्बियाका जनताको हित र राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै मैले पद त्याग्ने निर्णय आज गरेको छु,” उहाँले शनिबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै...

नवनिवार्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा शपथ

अमेरिका। अमेरिकाका अतिशय धनाढ्य र टेलिभिजन कार्यक्रमका एक कुशल प्रस्तोता र कलाकार भनी परिचित डोनाल्ड ट्रम्पले गतः शुक्रबार स्थानीय समयअनुसार मध्यान्हमा एक भव्य समारोहकाबीच ४५औँ अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नुभयो । विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी प्रशासन गतः शुक्रबार अपरान्हदेखि पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको नेतृत्वमा गएको ...

पाकिस्तान बम विस्फोटमा २० को मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायः सिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा सो बिस्फोटन भएको जनाइएको छ । पाकिस्तानी सैनिकले निकालेको एक छोटो वक्तव्यमा यस ...

टर्की संसद्द्वारा संविधान संशोधन

अङ्कारा । टर्कीको संसद्ले संविधानको धारा १८ लाई संशोधन गर्ने प्रस्तावलाई शनिबार पारित गरेको छ ।  अनाडोलु समाचार संस्थाले जनाएअनुसार, संसद्का कुल मतदातामध्ये ३३९ जनाले संशोधनको पक्षमा र १४२ जनाले विपक्षमा मतदान गरेको जनाएको छ । संशोधनले राष्ट्रपतिको अधिकारलाई नाटकीय तरिकाले परिवर्तन गरेको छ । उनीहरुले संशोधनमार्फत मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लगेका छन् । संशोधनका बारेमा झण्डै तीन हप्तासम्म भएक...