आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त

एएनआई । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको छ । नव नियुक्त सबै मन्त्रीहरुलाई सोमबार...

नेन्सी पलोसीले ताइवानको यात्रा गरे चीनले कडा कदम चाल्ने चेतावनी

चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ । चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ । चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो ह...

युद्ध आतंक : जुनसुकै बेला मारिने डरले युक्रेनमा आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण

रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडित युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् । ‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवार...

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

सिन्ह्वा । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । “हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहय...

जी ७ राष्ट्रहरूद्धारा उत्तर कोरियाली मिसाइल प्रक्षेपण विरुद्ध निन्दा

एजेन्सी । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल ICBM) प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका जी ७ विदेशका मन्त्रीहरू र युरोपेली संघका उच्च...

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।उहाँले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिनु भएको, छ । उहाँले बुधबार भन्नुभएको थियो– हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफ...

चीनमा बेपत्ता एक सय ३२ यात्रु बोकेको विमानको ब्ल्याकबक्स मात्रै भेटियो

एजेन्सी । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय ३२ यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले ब...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हृदयविदारक भिडियो देखाउँदा अमेरिकी संसद भावुक

रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गरेका छन्। केहीबेरअघि गरेको सम्बोधनका क्रममा जेलेन्स्कीले अमेरिकालाई अझै धेरै सहयोग गर्न र युक्रेनको आकाशलाई नो फ्लाई जोन घोषणा गर्न अनुरोध गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। अमेरिकी संसदलाई कुनै पनि विदेशी नेताले भर्चुअल माध्यमबाट सम्बोधन गरेको यो पहिलो पटक हो। सम्बोधनका लागि टिसर्ट लगाएका जेलेन्स्की...

अमेरिका–चीनबीच वार्ता

एजेन्सी । अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसला...

युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु, २८ घाइते

एजेन्सी । रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ । सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका-यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएका छन् । युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन्, द किभ इन्डिपेन्डेन...