अफ्रिकी देशले चेतावनी दिएपछि गाम्बियाका पूर्वराष्ट्रपति पद त्याग्न तयार

गाम्बिया । गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार हुनु भएको छ । पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको भोली पल्ट शनिबार जम्मेहले पद त्याग्ने घोषणा गर्नु भएको हो । “गाम्बियाका जनताको हित र राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै मैले पद त्याग्ने निर्णय आज गरेको छु,” उहाँले शनिबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै...

नवनिवार्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा शपथ

अमेरिका। अमेरिकाका अतिशय धनाढ्य र टेलिभिजन कार्यक्रमका एक कुशल प्रस्तोता र कलाकार भनी परिचित डोनाल्ड ट्रम्पले गतः शुक्रबार स्थानीय समयअनुसार मध्यान्हमा एक भव्य समारोहकाबीच ४५औँ अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नुभयो । विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी प्रशासन गतः शुक्रबार अपरान्हदेखि पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको नेतृत्वमा गएको ...

पाकिस्तान बम विस्फोटमा २० को मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायः सिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा सो बिस्फोटन भएको जनाइएको छ । पाकिस्तानी सैनिकले निकालेको एक छोटो वक्तव्यमा यस ...

टर्की संसद्द्वारा संविधान संशोधन

अङ्कारा । टर्कीको संसद्ले संविधानको धारा १८ लाई संशोधन गर्ने प्रस्तावलाई शनिबार पारित गरेको छ ।  अनाडोलु समाचार संस्थाले जनाएअनुसार, संसद्का कुल मतदातामध्ये ३३९ जनाले संशोधनको पक्षमा र १४२ जनाले विपक्षमा मतदान गरेको जनाएको छ । संशोधनले राष्ट्रपतिको अधिकारलाई नाटकीय तरिकाले परिवर्तन गरेको छ । उनीहरुले संशोधनमार्फत मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लगेका छन् । संशोधनका बारेमा झण्डै तीन हप्तासम्म भएक...