फलफूल खेतीमा लाहुरे

पाको शरीर । बसी–बसी खाने उमेर । तर, मात्तिम–९ खोटाङका बलराम राईको जीवनशैली कुनै जवान युवाकोभन्दा फरक छैन । जोश र जाँगरले कुनै युवाभन्दा फरक नलाग्ने राईको दिनचर्या घामको झुल्कोसँगै बगैँचामा भएका फलफूल हेरचाहबाट सुरु हुन्छ । अस्ताउँदो घामसँगै सकिन्छ । राई बेलायती सेनाका ‘पेन्सनर’ हुन् । बेलायती सरकारबाट मासिक २१ हजार रुपैयाँ पेन्सन थाप्ने उनलाई खान, लाउन चिन्ता छैन । सँगै जागिर खाएका साथीहरू सुवि...

आफ्नो गाउँ आफैँ बनाउँदै ‘लाहुरे’

जीवनको जोस, जाँगर र उत्साह विदेशी भूमिमा परिश्रम गरेर बिताएका म्याग्दीका पूर्वलाहुरे सामाजिक काममा लागेका छन् । युरोप र खाडी देशमा पुगेका म्याग्देलीले आफ्नो गाउँमा विकासका काम गर्न सहयोग गर्न थालेका हुन् । बेलायत, बेल्जियम, बहराइन, कुवेत, कोरिया, अमेरिका पुगेका म्याग्देली अहिले गाउँमा विकास भित्र्याउन लागेका छन् । कसैले विदेशमै विभिन्न संघ–संस्था खोलेर जिल्लाका लागि काम गरेका छन् भने कसैले आफैँ ...

सिडियो कुट्ने लाहुरे

नरेश खपाङ्गीमगर ‘न खाना मीठो लाग्छ न सुत्दा निन्द्रा लाग्छ’ । स्याहारसम्भार गर्ने तन्नेरी छोरीहरू नेपाल छाडेर तीन वर्षअघि युके आएका ७० वर्षीय खिमबहादुर थापा (पल्लीमगर) को अनुभूति हो यो । नेपाल बस्दा पेन्सन छैन, यहाँ बस्दा छोराछोरी साथ छैन । चिन्तैचिन्ताले औषधिको भरमा बाँच्नुपरेको छ । १८ वर्ष उमेर नाघेका तीन छोरीलाई युके ल्याउन मुद्दामामिला झेल्दै आएका पूर्वगोरखा सैनिक थापाले ९ वर्ष १८० दिन ब्र...

नाकले बाँसुरी बजाउँदै लाहुरेको जीविकोपार्जन

दीपेन्द्र राई सँगै लाहुरे भएका नम्बरीले पेन्सन थाप्छन् । तर, उनी लाहुरे भए पनि पेन्सन थाप्दैनन् । लाहुरे भएर पनि पेन्सन थाप्न नपाउनुको पीडा खनिखोस्री साध्य छैन । ६ वर्ष लाहुरे जीवन झेलेका उनलाई बिहान–बेलुकाको जोहो गर्न कठिन परिश्रमचाहिँ गर्नुपरेको छैन । आफूसँग भएको कलाले उनीसहित परिवारका चार सदस्यलाई दुई छाक खान पुगेको छ । आफूसँग भएको कला र गला नै उनका लागि बैंक ‘ब्यालेन्स’ होे । त्यसैलाई ‘क...

बन्दुक चलाउनु कर्म, कलम चलाउनु रहर अनि धर्म

लाहुरे बन्नअघिदेखि नै उनी साहित्यका विभिन्न विधामा कलम चलाउँथे । अहिले पनि निरन्तरता दिइरहेकै छन् । भन्छन्, ‘लाहुरे हुनुपूर्व नै कविताको धङधङीले छोइएको थिएँ । यसर्थ, म कवि अनि लाहुरे भन्नु युक्तिसंगत ठान्छु ।’ बन्दुक चलाउनु मेरो कर्म हो । कलम चलाउनु पहिलो रहर अनि अब बिस्तारै धर्म पनि बन्दै गएको छ भन्ने कवि जगत नवोदितसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी : कलम बलियो हुन्छ कि...

भूपू गोर्खा मेजर भन्छन्– गोर्खा कम्युनिटी, नेपाल बनाऔँ

भूतपूर्व गोर्खाली धेरै छन् । तर, मेजर लक्ष्मीप्रसाद गुरुङजस्तो गोर्खाली भने कमै छन् । गुरुङले गोर्खाली समुदाय, राष्ट्र र जनताका लागि योगदान पुर्याउने उद्देश्यले पोखरामा ‘गोर्खा कम्युनिटी’ नामक संस्था स्थापना गरी सञ्चालन गर्दै आएका छन् । उक्त संस्थाले गोर्खा सहकारी, उपभोक्ता पसल, रेडियो र ज्वेलर्स सञ्चालन गर्दै आइरहेको छ । स्वदेशमै विभिन्न व्यापार व्यवसायमा लगानी गरी मुलुकको आर्थिक समृद्धि गराउने र...

बक्सिङ छाडेर साहित्यमा लागेका भर्तीवाल

नेपालमा पछिल्लो समयमा ‘डायस्पोरा’को चर्चा बढी हुन थालेको छ । प्रवासमा रहेर नेपाली साहित्य कोर्नेहरूले आफूलाई डायस्पोरिक भनाउँदै आएका छन् । कतिले भने प्रवासमा लेखिएका नेपाली साहित्यलाई ‘प्रवासी नेपाली साहित्य’ भनिनुपर्छ भनेर आवाज उठाइरहेका छन् । तर, भारतीय सेनामा रहेका नेपाली साहित्यकर्मीहरूले भने आफूहरूलाई ‘परदेशी’ भन्न रुचाउँछन् । भारतीय सेनामा रहेका मोहन राई ‘परदेशी’ (हाल : अवकाश) सुरेन्द्र लि...

सोल्टिनीले धोका दिएपछि लाहुरे

मान तबेबुङ (नाजम) ले १८ वर्ष ब्रिटिस आर्मीमा काम गरे । उनले भर्ती भएकोे सुरुवाती दिनमा केटीलाई पठाएको पत्रको जवाफ आउँदा सजाय भोग्नुपर्यो । भर्ती भएर पहिलोपटक जाँदा हङकङलाई भस्मे फाँडेको ठुटाजस्तो देखेका उनले जागिरको अन्त्यतिर इराकमा सद्दाम हुसेलाई सत्ताच्यूत गराउने अभियानको अग्रमोर्चामा रहेर काम गरे । मान तबेबुङले मनुता काम्बाङसँग लाहुरे कथा यसरी सुनाए : ताप्लेजुङको लिङ्खिम गाविसमा २०३० सालमा म...

सम्झनामा इतिहासको दुर्लभ साक्षी

प्रथम र दोस्रो विश्वयुद्ध । सबैलाई एकपटक सोच्न बाध्य तुल्याउने रक्तरञ्जित इतिहास । शौभाग्य भनौं वा दुर्भाग्य, गोर्खा सैनिक इतिहासका यी रक्तरञ्जित अध्यायका साक्षी बन्न पुगे । प्रथम विश्वयुद्धका भुक्तभोगी गोर्खा सैनिक अब यस धर्तीमा छैनन् । दोस्रो विश्वयुद्ध देख्ने–भोग्नेहरू अझै जीवित छन्, त्यो पनि औंलामै गन्न सकिनेजति मात्र । उनीहरू डाँडामाथिको घामजस्ता छन् । आज हो कि भोलि, कुनै भरोसा छैन । उनीहरू ए...

जंगलमा नाङ्गै बस्नेहरूको अंग्रेजी फरर्र

 दीपेन्द्र राई फर्कुंफर्कुं लाग्यो ‘गेटपास पाएपछि सिधै हङकङ पुर्याए । त्यहाँ पुगेपछि सैनिक अभ्यास सुरु भयो,’ भूतपूर्व गोर्खा सैनिक दयाकृष्ण राईले सन् १९८४ डिसेम्बरको अतीत सम्झे, ‘सैनिक अभ्यास गर्न गाह्रो लाग्यो । अनुमति दिएको भए त्यही दिन नेपाल फर्कुंफर्कुं लागेको थियो ।’ सैनिक अभ्यास गर्न गाह्रो भए पनि गर्नैपथ्र्याे । नगरी सुखै थिएन । गेटपास पाउन गरेको तालिमभन्दा रिक्रुट तालिम गर्न गाह्रो...