सात पास गरेका लाहुरे इन्सपेक्टरबाट अवकाश

‘किशोरावस्था छँदै गोर्खा भर्तीका लागि रिक्रुट छनोट गर्दै गल्ला गाउँ पसे । कसैले यो कुरा मलाई पनि सुनाइदिए । मैले पनि भिडिहालौँ न त, लागिहालिन्छ कि भनेर छनोट प्रक्रियामा सामेल भएँ । नभन्दै गल्लाले सजिलै पास गराइदिए,’ भर्ती लाग्दाको स्मरण गर्दै लीलबहादुर थापाले भने । पाल्पा, बौघागुम्बाबाट गल्ला र त्यहाँबाटै एआरओ पास गरें । अनि उनको यात्रा तय भयो, नेपालदेखि सिंगापुरसम्मको । जतिबेला उनी १८ वर्षका थिए ...