हलेसी तुवाचुङ नगरपालिका मेयर राईको काठमाडौंमा सक्रियता

दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इबन राई काठमाडौंमा छन् । केही दिनयता काठमाडौंमा रहेका प्रमुख राईको दिनचर्या कसरी बितेको होला ? सामाजिक सञ्जालमा अभ्यस्तलाई जानकारी होला । तर, नगरका भुँइमान्छेलाई थाहा होला के ? लामो खडेरीपछिको अविरल वर्षाले हलेसी तुवाचुङ नगरपालिकावासी प्रभावित भए । नगरको अभिभावकका हिसाबले चार दिन लगातार नगरका विभिन्न वडावासीको घरदैलो पुगी निकट भविष्यमै राहत वित...

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजो क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको मंगलबार बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिइन् । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए । विश्वेश्वरप्रसाद कोइरालाको ...

काँग्रेस हारे पनि बीपीविचारको जित

चितवन । काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा काँग्रेस अंकगणितीय रूपमा कमजोर भए पनि बीपीविचारको जित भएको बताएका छन् । काँग्रेस, चितवनले गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बीपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै नेता शर्माले काँग्रेसको हार भए पनि बीपीविचारको जित भएको बताएका हुन् । बीपीको विचारलाई मनन गर्दै...

‘व्यक्ति हारेर व्यवस्था जिताउने कांग्रेसी इतिहासको औजार बन्नेछु’

खोटाङ । प्रदेशसभा ‘क’ खोटाङबाट निर्वाचित वाम गठबन्धनका राजन राईलाई बधाइ दिँदै लोकतान्त्रिक गठबन्धन उम्मेदवार सुवासकुमार पोखरेलले व्यक्ति हारेर पनि व्यवस्था जिताउने कांग्रेसी पुख्र्यौली इतिहासको सजीव औजार बन्ने दाबी गरेका छन् । ‘यस क्षणमा खोटाङबाट प्रथम हुने मेरा प्रिय प्रतिस्पर्धी राजन राईलगायत जनप्रतिनिधि सबैलाई हार्दिक बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ नेता पोखरेलद्वारा जार...

नगरप्रमुख इबन राईको घर–जग्गा विप्लव समूहको नियन्त्रणमा

तेस्रो आँखा विशेष संवाददाता खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ । नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ति टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो ।   नेकपा खोटाङ सेक्रेटरीद्वारा जारी विज्ञप्तिको पुछारमा उल्लेख छ, ‘खोटाङ जिल्लाका ...

कम्युनिस्ट फुटाएर काँग्रेसले गरेको द्वन्द्वको खेतिपाती समाप्त

झापा । पूर्वप्रधानमन्त्री केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले झापा क्षेत्र नम्बर १ को धुलाबारीमा शनिवार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए । “नेपालका कम्युनिस्ट शक्तिलाई फुटाएर विगतदेखि काँग्रेसले गर्दै आएको द्वन्द्वको ...

पूर्वप्रधानमन्त्री प्रचण्डको दाबी– निर्वाचनपछि कम्युनिस्टको बहुमत

  चितवन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्टको बहुमतको सरकार बन्ने दाबी गरेका छन् । माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिस्टको बहुमतको सरकारले राजनीतिक स्थिरता कायम गर्ने बताए । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले शनिवार पश्चिम चितवनको शिवनगरको चुनावी सभालाई सम्बोधन गर्दै दशकौंदे...

ताप्लेजुङ पुगेर प्रधानमन्त्री देउवाले भने– वाम गठबन्धन लोकतन्त्रविरोधी

  ताप्लेजुङ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिका रूपमा एक भएको आरोप लगाएका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान सुरु गरेका छन् । उनले शनिवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभा सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयताविरोधी रहेको जिकिर गरे । उनले कम्युनिस...

कम्युनिस्टका अबगुन

२०५१ तिर काठमाडौंमा माधवकुमार नेपालले जुन हाउभाउ र शैलीमा भाषण गर्नुभएको थियो, मुस्ताङको कार्यकर्ताले पनि ठीक त्यही ढंगले, त्यस्तै शैलीको नक्कल गरेर भाषण गरेको सुनेर म दंग पर्थे । बाँकी पूर्वमन्त्री नरहरि आचार्यको शब्दमा : कम्युनिस्ट अर्थात् एउटा झोला बोकेको, चप्पल लगाएको, कपाल नकोरेको, झुस्स दाह्री पालेको र दुब्लो मान्छे । विद्यार्थी जीवनमा कम्युनिस्ट भन्नासाथ मेरो दिमागमा यस्तै विम्ब उत्र...