काठमाडौं उपत्यकामा १२ जनामा हैजा देखियो

काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते ...

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताए । उनल...

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री

काठमाडौं । नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ । राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको सहयोगमा ग्लोबल एक्सन नेपाल (ज्ञान)ले प्रकाशन गरेको सो सामग्री आज राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलगायतको उपस्थितिमा सार्वजनिक भएको छ । आयोगका सदस्य सिंहले कार्यमूलक र तथ्य...

योगलाई अभियानको रुपमा चलाउन आवश्यक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएको छ । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उहाँले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएको हो । योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उहाँले यसलाई समयानुकूल बना...

चिकित्सक अभावका कारण सामान्य उपचारमा पनि जिल्लाबाहिर जानुपर्ने समस्या

मनाङ । हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् । अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेकोे गुनासो स्थानीयवासीहरूको रहेको छ । उपचारका लागि ...

चिन्ताले निम्त्याउँछ खतरनाक समस्या, यस्ता छन् जोगिने उपायहरु

कुनै ठूलो समस्या वा कठिनाइ आइपर्दा, डर वा भयमा मानिस आत्तिनु वा चिन्ता लिनु स्वभाविक हो । तर कतिपय मानिस भने साधारण बिषयमा पनि सधैँ मनमा चिन्ता लिने गर्दछन् । मानिसले लिने चिन्ता त्यस्तो भावना हो, जो आवश्यकताभन्दा बढी वा नियन्त्रणभन्दा बाहिर गयो भने मानसिक रोगको रूप धारण गर्दछ । यस्तोमा मानिसलाई कुनै स्पष्ट कारण वा घटना बिना पनि सधैँ मनमा डर, आशंका, बैचनी र चिन्ता बढ्ने गर्दछ । यद्यपि, च...

नियमित यौनसम्पर्कले टाउको दुखाइ कम

संसारका धेरै मानिस एकापट्टि मात्रै टाउको दुख्ने समस्याले पीडित छन् । धेरै औषधिमुलो गर्दा पनि समस्या ठीक नहुने र यसले गर्दा शारीरिक तथा मानसिक चिन्ता बढाउने गरेको अध्ययनले देखाएको छ । ‘माइग्रेन’ तथा ‘कलस्टर’ रोगबाट पीडित त्यस्ता धेरै मानिसलाई समेटेर तयार पारिएको एक प्रतिवेदनअनुसार यो समस्याबाट मुक्ति पाउने सजिलो उपाय भनेको यौनसम्बन्ध रहेको छ । बेलायतका शोधकर्ताले यस्ता रोगबाट पीडित एक हजा...

काँग्रेसको घरमा उपचार गर्न नजाने बडहरे स्वास्थ्यचौकीका अहेब ‘ट्रयाक’ मा

दुर्छिम (खोटाङ) । कार्यालय समयमा स्वास्थ्यचौकीमा रहनुपर्ने अहेब शिवनारायण साह हलेसी जाँदै थिए । आफ्नो सुमो गाडी आफैंले गुडाउँदै हलेसी जाँदै गरेको हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले दुर्छिमको छापडाँडामा दिउँसो १२ः३० बजे देखे । नगरप्रमुख राईलाई देखेपछि बडहरे स्वास्थ्यचौकीका अहेब साह गाडीबाटै मुसुक्क मुस्कुराए । अहेब साहको गाडी अगाडि बढ्यो । नगरप्रमुख राईले इलाका प्रहरी कार्यालय हलेसीमा...

हाँसिरहनेको ब्लडप्रेसर सन्तुलित (फोटो फिचरमा दीप हर्ट)

जो दिल खोलेर हाँस्छ, ऊ धेरै बाँच्छ भन्ने गरिन्छ । दिल खोलेर हाँस्नु भनेको औषधि नै हो भनिन्छ । हाँसोको महत्व धेरैलाई थाहा भए पनि हाँस्न कन्जुस गर्नेको बाहुल्य छ । सुविधासम्पन्न देशमा हाँस्य क्लब खोलिएका छन् । हाँस्य क्लब खोल्नु भनेको हाँसोको महत्व दर्शाउनु हो । त्यसमा कसैको विमति नरहला । भनिन्छ, ‘कुराकानी गर्दाभन्दा हाँस्दा ६ गुना बढी अक्सिजन लिन सकिन्छ ।’ तनावमा रहेकालाई हाँसिरहन...

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ भने यसो गर्नुस्

काठमाडौं । सवारीसाधनमा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिङ्गटा लाग्ने र बान्ता हुने समस्या हुन सक्छ । कतिपयलाई त बान्ता भएकै कारण बिरामी समेत हुन सक्छ । बस, ट्याक्सी तथा हवाईजहाज चढ्दा अधिकाश मानिस बान्ता गर्छन् । तर, कतिपयले भने सवारीसाधनको गन्धले नै बान्ता हुन सक्छ । यात्रा गर्दा शरीरका इन्द्रियले सन्तुलित ढंगबाट काम गर्न नसक्दा बान्ता हुन्छ । यात्रा गर्दा बान्ता हुनुलाई सिकनेस अर्थात यात्राज...