मादक पदार्थ नपाइने होटल

होटल पनि समावेशी ? सुन्दा अचम्म लाग्ला । सोलुखुम्बुको जुबु सुकेपोखरीमा समावेशी होटल सञ्चालनमा आएको झन्डै २० वर्ष हुन लागेको छ । रत्नमाया मगर, मेनुका बस्नेत र सुन्दरीमाया तामाङले होटल सञ्चालनमा ल्याएका हुन् । समावेशी होटल सञ्चालनमा आउनुअघि सुकेपोखरीमा चिया खाने पसलसम्म थिएन । होटल सञ्चालनमा ल्याउनुको उद्देश्यबारे स्पष्ट पार्दै केरुङ–४ सोलुखुम्बुकी रत्नमाया मगरले सुनाइन्, ‘हामीले होटल सञ्चालन गर्नु...