गर्नसम्म माया गरें साले जिन्दगीलाई

विक्रम चेतनशील राई गजल यतै फाट्यो उतै फाट्यो टालें जिन्दगीलाई गर्नसम्म माया गरें साले जिन्दगीलाई हत्केलाको बारी हाली उज्यालोलाई जोगाइरहें सफलताको कामना दियो बालें जिन्दगीलाई नक्कल गर्न सिपालु छु लालीपाउडर क्रिम घस्न कहाँ त्यो गोरो हुन्थ्यो कर्मै काले जिन्दगीलाई पाहुना पो हो कि भनी सत्कार गरें जिन्दगीको जिन्दगीकै भाडा तिर्दै पाल्नै पालें जिन्दगीलाई जन्मेपछि मर्नैपर्छ मर्नदेखि डर लाग...

उभिएकी छौ कि भनी हेर्छु तिम्रो घरको कौसी

लोकेन्द्र बन्जारा                             गजल उभिएकी छौ कि भनी हेर्छु तिम्रो घरको कौसी छैनौँ था’छ तर पनि हेर्छु तिम्रो घरको कौसी माया छुट्यो थुप्रैअघि मचाहिँ तर आजसम्म एउटा उदास प्रेमी बनी हेर्छु तिम्रो घरको कौसी दिनभरि त यसै बित्छ त्यसै तर रातमा चाहिँ कहिलेकाहीँ उठेर नि हेर्छु तिम्रो घरको कौसी गर्मी जाडो जेसुकै होस् स्वेटर बुनिरन्थ्यौ अस्ति त्यो याद आउँछ अझै अनि हेर्छु तिम्...