हलेसीको प्रचार गर्न तीनदिने पदयात्रा (फोटो फिचर)

खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भाव्यता अध्ययन र प्रचार–प्रसारका लागि हलेसी प्रतिष्ठानले तीनदिने पदयात्रा गरेको छ । स्थानीय राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, पत्रकार र इच्छुक पदयात्रामा सहभागी थिए । हिन्दुसँगै किरात र बौद्ध धर्मावलम्बीको पनि उत्तिकै पवित्र स्थान हलेसी र आसपासका क्षेत्र ओझेलमा परेको भन्दै प्रति...