कोदोको रक्सी चाखेर कार्यक्रम उद्घाटन, लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन माग

धनकुटा । धनकुटामा घरेलु रक्सीको प्रवद्र्धन गर्न कोदोको रक्सी चाखेर औपचारिक कार्यक्रमको उद्घाटन गरिएको छ । मंगलबार परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ द्वारा आयोजित जिल्ला समिति भेला तथा समिति गठन कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले कोदोको रक्सी चाखेर कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रममा वक्ताहरुले लोकल रक्सीलाई ब्राण्ड बनाउनुपर्ने र बिक्री वितरणमा वर्तमान व...

क्रिकेटको मुख्य प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले सम्मेलनमा भने, ‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु ।’ नेपाल क्रिकेट संघ (क्यान)ले दसानायकेलाई गत मङ्सिरमा क्रिकेट टोलीको मुख्य ...

विश्वकै कमजोर सूचीमा नेपालको पासपोर्ट (सूचीसहित)

काठमाडौं । विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ स्थानमा परेर पुच्छरमा रहेको छ । वि...

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमसिंघे

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन्। बुधबार संसदमा भएको चुनावमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमसिंघे नयाँ राष्ट्रपतिमा चुनिएका हुन् । विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्। विक्रमसिंघेले १३४ मत पाएका छन्। संसदमा २२५ सदस्यमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको जनाइएको छ। ...

इच्छाराज तामाङकी श्रीमती सिर्जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमतीलाई पक्राउ गरेको छ । मंगलबार सीआईबीले ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेपछि इच्छाराज पक्राउसँगै हाल थुनामा रहेका छन् । श्रीमान पक्राउसँगै थुनामा रहँदा सीआईबीले य...

दुई सञ्चार संस्थालाई कारबाही गर्न मेयर बालेनले काउन्सिलमा दिए उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय टेलिभिजनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् । २०७९/८० को बजेट कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागेको भन्ने समाचार सम्प्रेषण गराउने नेपाल समाचारपत्र र हिमालय टेलिभिजनमाथि पत्रकार आचारसंहिता २०७३ (संशोधित २०७६ सहित) को द...

नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दूमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ । मंगलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदविक्री भएको छ ।...

साउन ८ र ९ गते १ सय नेपाली कामदार इजरायल उड्दै

काठमाडौं । केयर गिभर (स्याहार केन्द्र) का लागि नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ । इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया अब साउन ८ र ९ गतेदेखि सुरु हुन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार साउन ८ र ९ गते नेपालबाट १ सय जना नेपाली कामदार इजरायल जाँदैछन् । १ सय जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त ...

थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना गरि ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थप कोरोना संक्रमितसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्राल...

राप्रपाका चार नेताले छाडे पार्टी

काठमाडौं । पार्टीमा अपमान सहनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी छाडेका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन्। जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको ...