थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना गरि ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थप कोरोना संक्रमितसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्राल...

राप्रपाका चार नेताले छाडे पार्टी

काठमाडौं । पार्टीमा अपमान सहनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी छाडेका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन्। जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको ...

जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्यास (भिडियो)

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्दा मंगलबार बिहान साढे १० बजेदेखि निस्किएको लेदोसहितको ग्यास निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको हो । प्रहरी वृत्त बौद्धका अनुसार ग्यास मिसिएको लेदोसहितको माटोले जोरपाटी चोक हिलाम्ये भएको छ । बोरिङ खनिएको वरपर २० घर ग्यास मिसिएको लेदोको मा...

प्रदेश १ को नाम ‘किरात’ नराखिए ठूलो लडाइ हुन्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा पुग्नुका साथै ठूलो लडाइ पनि हुन सक्ने बताएका छन् । सोमबार किरात राई यायोक्खाले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा फस्ने र ठूलो लडाइ पनि हुन सक्ने बताए । उनले भने, ‘भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डन...

४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ । थप कोरोना संक्रमितको संख्यासँगै कोरोना संक्रमितको संख्या १ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयक...

एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर एआइजी पोखरलले पदबाट राजीनामा दिएका हुन् । आफूभन्दा जुनियर धिराजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी बनाएपछि उक्त निर्णयविरुद्ध पोखरेलले सर्वोच्चमा मुद्ध...

थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जना जना गरि कूल ३ हजार ४१ जनाको स्वास्थ्य परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको हो । यस अवधिमा कोरोनबाट एकजनाको मृत्‍यु भएको पनि मन्त्रालय...

भारत लगेर सडक बालबालिकाको मिर्गौला बेच्‍ने ५ पक्राउ

काठमाडौं । काठमाडौंका सडकपेटीकाका बालबालिकालाई ललाईफकाई भारत पुर्याएर बालबालिकाको मिर्गाैला बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत १५ गते धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाही र पछि विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र छोटे भनेर चिनिने आशिष तामाङलाई २८ गते नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । असार १५...

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउँदा १७ किलो सुन गायव

काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा १७ किलो सुन गोलमाल भएको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा २०७७ फागनु १२ गते पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा एक सय आठ किलो सुनको जलहरी राखिएको थियो । सोही सुनको जलहरी बनाउँदा झण्डै १७ किलो सुन हिनामिना भएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षीक प्रतिवेदनमा सुनको जलहरी बनाउँदा १६ किलो ९ सय ८९...

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा भुसालले १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसालकी प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । संसदमा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मत हालेनन् ।...