वाम एकताको सहमति एमालेबाट अनुमोदित

काठमाडौँ । एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । गत असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले कार्यान्वयनमा दृढतासाथ लाग्ने निर्णय गरेको हो । बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरूको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु नपर्ने र वाम एक...

एमाले, माके र नयाँ शक्तिबीच ६ बुँदे सहमति

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गर्दै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी निर्वाचनका तालमेल गर्ने निश्चित भएको छ । तीन दलसम्बद्ध नेताले निर्वाचन तालमेलका लागि सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । ६ बुँदे सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले हस्ताक...

प्रसादस्वरुप टीका, जमरा थापी दसैं मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान् चाड दसैं प्रसादस्वरूप टीका र जमरा थापेर धुमधामसाथ मनाइँदै छ । विजयादशमीको टीकाको साइत भने शनिवार ११ बजेर ५५ मिनेटमा शुभ मानिएको छ । आश्विन शुक्ल दशमीमा मनाइने विजयादशमी हर्षोल्लाससाथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिवार देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका...

२५ किलो चामलको ४ हजार ५००, च्याङ्ग्राको २२ हजार

हुम्ला । नेपाल खाद्य संस्थान सिमिकोटबाट चामल नपाएपछि स्थानीय उपभोक्ताले बजारबाट ४ हजार ५०० पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् । हिन्दु धर्मावलम्बीको महान् चाड दसैंमा समेत संस्थानबाट चामल नपाएका स्थानीयले महँगोमा चामल किनी दसैं मनाउन लागिपरेका छन् । उनीहरूले चामलमात्रै होइन मासुका लागि प्रतिच्याङ्ग्रा १० हजारदेखि २२ हजारसम्म किनेर दसैं मनाउने भएका छन् । गत वर्षभन्दा ...

बालसंसार सेकेन्डरी स्कुल प्राङ्गणबाट भूउपग्रह उडाइने

काठमाडौं । नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्र (नेसार) अध्यक्ष कृष्णराज आचार्यले आउँदो वर्ष विज्ञान दिवसको अवसरमा बालसंसार सेकेन्डरी स्कुल प्राङ्गणबाट भूउपग्रह बनाएर उडाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बालसंसार सेकेन्डरी स्कुल गोकर्णेश्वर–१४ माकलबारी काठमाडौंको सहयोग र विज्ञान शिक्षक समाज (स्टान) द्वारा आयोजित राष्ट्रव्यापी हाजिरजवाफ प्रतियोगितालाई सम्बोधन गर्दै नेसार अध्यक्ष आ...

किरात राई प्रज्ञा परिषद् कुलपतिमा जयकुमार

काठमाडौं । किरात राई प्रज्ञा परिषद् कुलपतिमा जयकुमार राई चयन भएका छन् । परिषद्को दोस्रो गठनसभाले राईलाई कुलपति चयन गरेको हो । ११ सदस्यीय परिषद् उपकुलपतिमा डा. नेत्रमणि राई र सदस्यसचिवमा डा. तारामणि राई चयन भएका छन् । यसैगरी, परिषद् सदस्यमा डा. कैलाश राई, गणेश वाम्बुले राई, भोगीराज चाम्लिङ, प्रवीण पुमा, पदम राई, पार्वती राई, शान्तिराम राई र शालिक शतासक राई रहेका छन् । किरात राई याय...

संस्कृतिविद् जोशी भन्छन्– भाषा बाँचे जाति रहन्छ

  भक्तपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दूरदृष्टिसाथ लक्ष्य लिएर आफ्नो कला संस्कृति बचाउनेतर्फ ध्यान जानुपर्ने बताएका छन् । महाकवि सिद्धिदास महाजूको १५० औँ जन्मजयन्ती अवसरमा सिद्धिदास प्रतिष्ठान भक्तपुरद्वारा आयोजित गोष्ठीमा जोशीले मुलुकका भाषा, कला संस्कृति र धर्मको संरक्षणका लागि जागरण ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रा. राजनलाल जोशीले ‘सिद्धिदासको साहित्यमा प्रग...

तेस्रो आँखा डटकम संस्थापक कार्यकारी सम्पादक इबन राईद्वारा राजीनामा

काठमाडौं । तेस्रो आँखा डटकम संस्थापक कार्यकारी सम्पादक इबन राईले राजीनामा दिएका छन् । हलेसी–तुवाचुङ नगरपालिका मेयरमा निर्वाचित हुनासाथ कार्यकारी सम्पादक राईले राजीनामा दिए पनि तेस्रो आँखा डटकम सञ्चालक समितिको भदौ १० गते काठमाडौंमा बसेको बैठकले राजीनामा स्वीकृत गरेको हो । कार्यकारी सम्पादक राईले तेस्रो आँखा डटकमलाई यहाँसम्म ल्याउन पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै बैठकले वि...

तेस्रो आँखा डटकम सहसम्पादक राजु राईद्वारा नेचा–सल्यान गाउँपालिकामा मण्डली निर्माण

सोलुखुम्बु । दक्षिण कोरियामा कार्यरत राजु राईको एकल प्रयासमा नेचा–सल्यान गाउँपालिका–२ दोदीमा नयाँ दोदी मण्डली भवन निर्माण गरिएको छ। मण्डली भवन निर्माणका लागि स्थानीय पोकसिंह राईले जग्गा दिएका थिए। गाउँपालिकाका निर्वाचित प्रतिनिधि, काठमाडौं र सोलुखुम्बुका पास्टर, स्थानीय प्रहरी र स्थानीयको उपस्थितिमा केही समयअघि मण्डली उद्घाटन गरिएको हो । मण्डली अर्पणको सुरुको प्रार्थना काठमाडौंका प्रेसियस ...

पत्रकार महासंघ २५औं अध्यक्षमा आचार्य निर्वाचित

  काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं अध्यक्षमा पत्रकार गोविन्द आचार्य निर्वाचित भएका छन् । प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशील पत्रकार संघको संयुक्त समूहबाट आचार्य महासंघ अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १ हजार ५ सय ८ मतदातामध्ये १ हजार ४ सय ४९ मत खस्दा उनले ७३२ मत पाएका थिए । नेपाल पत्रकार महासंघ २५औं अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । पदाधिकारीमा आचार्य नेतृत्वक...